जनमुक्तिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

Read Time:1 Minute, 58 Second

बुटवल , २६ बैशाख

आज राजमुपा संघिय परिषदको पूर्व घोषित कार्यक्रम अनुसार राजमुपा रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रजिअ लाई संघिय परिषदका केस दल बहादुर वीरकटटा केस सूर्य कुमार सारु जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गउपाध्यक्ष श्रीमति मधु राना सचिव भैरव थापा श्रीमति मुन्नु गाहा कुसुम थापा गएको टोलीले ज्ञापन बुझाएको छ ।

बुझाए पश्चात कोणसभामा परिणत भई संघिय परिषदका केन्द्रिय सदस्य दल बहादुर वीरकटटामगरले संविधान समय बन्दैन भन्न् ठूला दलका नेता भनाउदाहरुले दिएको अभिव्यक्तिप्रति  रोष प्रकट गरे ।  उनले नेपालका यी नेताहरुले कुन चाही काम समयमा गरेका छन । एउटै काम समयमा गर्दै आएका छन त्यो भ्रष्टाचारकुसर्को दुरुप्रयोग र राष्ट्रघाती समझौता हो भने । उनले

आज पनि नेपाली जनताले यस्ता राजनैतिक भ्रष्टाचार गर्ने दल र नेतालाई समयमा तह लगाउन सकेनन भने नेपाली जनताले साष्ती भोग्न पर्नेछ  चेतावनी दिए । त्यसै गरी विद्याथी नेता श्रीधर राना र जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले आफनो धारणा राखेका थिए  ।ज्ञापनपत्र बुझाउन अगाडी  पार्टी कार्यलयबाट  नाराजुलुसको साथ भैरहवा बजार प्ररिक्रमा गरी  जुलुस जिल्ला प्रशासन पुगेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %