संबिधानसभाको म्याद थप्न सकिदैंन : सुशिल कोइराला

Read Time:2 Minute, 15 Second

दाङ, वैशाख २५

नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले अहिलेकैसंबिधानसभाको म्याद थप्न नसकिने बताएका छन् । आइतवार बिहान घोराहीमा  बोल्दै उनले शान्ति प्रक्रियामा कुनै प्रगति नभइ अहिलेकै अबस्थामा म्याद थप्न नहुने बिचार व्यक्त गरेकका हुन् ।

माओवादीले पटक पटक धोका दिएकाले लडाकु समायोजनको काम अघि नबढ्दासम्म म्याद थप्न नदिने उनले बताए । कोइरालाले शान्ति र संबिधानको सुनिश्चितता नभएको अबस्थामा म्याद थप्नुको कुनै अर्थ नहुने धारणा राखे ।

उनले जेठ १४ भित्र शान्ति प्रकृया टुंग्याउन दलहरु सहमत भए संविधान निर्माणका लागि काँग्रेस तयार रहेको वताए । शान्तिविना संविधान वन्न नसक्ने उल्लेख गर्दै उनले विस्तृत शान्ति सम्झौता अनुसार माओवादी लडाकु समायोजन, कव्जा गरिएका सम्पति फिर्ता र अहिलेसम्म भएका सहमति तत्काल कार्यान्वयन भए काँग्रेस संविधानसभाको म्याद थप्न तयार रहने पनि जानकारी दिए ।

शान्ति प्रकृयालाई व्यवास्ता गरेर संविधासभाको म्याद थपे ६ वर्षसम्म पनि संविधान वन्न नसक्ने कोइरालाको दावी थियो ।

यसैगरी काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले र माओवादीबीचको सात बुँदे सम्झौताले दलहरुमा असमझदारी बढाउने काम गरेको बताए । उनले एमालेको द्वैध चरित्र र माओवादीको छलकपटका कारण देशमा परिवर्तनलाई संस्थागत गर्न कठिन भैरहेको बताए । माओवादीले हतियार मोह नत्याग्दासम्म उसँग मिलेर काम गर्न नसकिने बिचार पौडेलले व्यक्त गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %