पासपोर्ट दुरुपयोगको आरोपमा प्रकाउ परेका सभासदलाई अदालतद्धारा रिहा गर्न आदेश

Read Time:1 Minute, 0 Second

काठमाडौं, वैशाख २३
जिल्ला अदालत काठमाडौंले कुटनीतिक पासपोर्ट दुरुपयोगमा पक्राउ परेका सभासदद्वय वीपी यादव र गायत्री शाहलाई धरौटीमा रिहा गर्न शुक्रबार आदेश दिएको छ ।

न्यायाधीश लेखनाथ घिमिरेको एकल इजलासले सभासदद्वय यादव र शाहलाई १०(१० हजार धरौटी लिएर मुद्धाको पुर्पक्ष गर्नेगरी तारेखमा रिहा गर्न आदेश दिएको हो ।

सभासदद्वयविरुद्ध राहदानी ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको थियो ।

कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा प्रहरीले बैशाख ६ गते उनीहरुलाई संविधानसभा भवनबाट निस्कँदै गर्दा पक्राउ गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %