राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीको १३ औं जिल्ला परिषद भेला रुपन्देहीको मंगलापुरमा सम्पन्न भएको छ । पार्टीको संघीय परिषदका केन्द्रीय सदस्य हरिदेव थापाको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको सभापतित्व र सचिव भैरव थापाको संचालनमा सम्पन्न भएको भेलामा संघीय परिषदका केन्द्रीय सदस्य सूर्यकुमार सारु, अशोक पुन, होमाया गुरुङ्ग, भुतपूर्व सैनिक संगठन रुपन्देहीका जिल्ला अध्यक्ष भिम बहादुर राना, वरिष्ठ सल्लाहकार लेख प्रसाद गुरुङ्ग, प्रेम गलामी लगायतले बोलेकाथिए ।
उक्त भेलाले झम बहादुर गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्ष पदमा झम बहादुर गुरुङ्ग र वरिष्ठ सल्लाहकार लेख प्रसाद गुरुङ्ग वीच भएको प्रतिस्पर्धा निर्वाचनमा झम बहादुर गुरुङ्गले ७९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी लेख प्रसाद गुरुङ्गले ३५ मत पाएकाथिए ।
त्यसै गरि उपाध्यक्षमा मधु राना, सचिवमा भैरव थापा, सहसचिवमा ज्ञान बहादुर थापा निर्विरोध चयन भए । सदस्यहरुमा भिम बहादुर राना, बिमला गुरुङ्ग, धनी आले, धन बहादुर दमाई, वावुलाल थापा, बन्धना गुरुङ्ग र गोकर्ण थापा चयन भए ।
भेलामा निर्वतमान कार्यसमितिले संविधान र पार्टीको बैठकमा पास गरेका एेजण्डा भन्दा वाहिर गएर समितिलाई विघटन गरेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
नव निर्वाचित अध्यक्ष झम बहादुर गुरुङ्गले आदिवासी जनजाति, दलित, र पिछडा वर्गलाई नेपालका राजनैतिनक पार्टीहरुले हक अधिकारबाट वन्चित गराएको हुदाँ त्यस तर्फ आफूले पहल गर्ने र पार्टीलाई आफनो कार्यकाल भित्र संगठित गराउने बताए ।
भेलामा २२ गाविसका प्रतिनिधि, ५ क्षेत्रीय समितिका प्रतिनिधि र भातृसंगठनका २०० जनाको प्रतिनिधिहरुको सहभागिता रहेको निर्वाचन मण्डलका संयोजक सूर्यकुमार सारुले बताए ।
गोविन्द घर्ति, रुपन्दहेी