विराटनगर, २० वैशाख
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समानान्तर सेना र बन्दुकको मान्यता कायम रहेसम्म मुलुकमा शान्तिप्रक्रिया टुङ्गोमा नपुग्ने वताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्ने गदै उनले मुलुकमा उत्पन्न समस्यालाई निकास दिन ताजा जनादेश लिनुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले संविधानसभाको म्याद कुनै पनि हालतमा थपिनु हुँदैन भन्दै एकीकृत नेकपा (माओवादी)ले अहिलेसम्म हिंसाको मोह त्याग्न नसकेकोमा दुःख व्यक्त गरे ।
उनले विद्रोहको भाषा बोल्ने एकीकृत नेकपा (माओवादी)प्रति विश्वासको आधार गुमेको बताउँंदै विद्रोह गरेर सत्ता कब्जा गर्ने मनसायले यो पार्टी जनतासामु उदाङ्गिएको छ भने ।
प्रजातन्त्र र लोकतन्त्रलाई आत्मसात् गर्नुपर्छ भनिरहेका राजनीतिक दलसँग विपरीत बाटोमा हिँडिरहेका दलबीच कहिले पनि सहमति हुन सक्दैन भने ।