माओवादीद्धारा शान्ति र संविधानका लागि देशभर जनसभा गर्ने

Read Time:1 Minute, 55 Second

काठमाडौँ, २० वैशाख
एकीकृत नेकपा (माओवादी) ले आगामी जेठ १ देखि १० गतेसम्म शान्ति र संविधानका लागि जनपरिचालन एवम् जनसभा गर्ने भएको छ ।

पार्टीको आज  सम्पन्न पदाधिकारी बैठकले शान्ति र संविधानमा जोड दिँदै जनपरिचालन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले  जानकारी दिए  । बैठकले जेठ १० गते काठमाडौँ उपत्यकालगायत देशका छवटा सहरमा जनसभा गर्ने कार्यक्रम तयार गरेको छ ।

काठमाडौँ, विराटनगर, जनकपुर, धनगढी, पोखरा र नेपालगन्जमा आयोजना गरिने जनसभामा क्रमशः पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेल र स्थायी समिति सदस्य लीलामणि पोखरेलले सम्बोधन गर्नेछन्  ।

बैठकले सरकारमा पठाउने थप सातजना मन्त्री र ११ जना राज्यमन्त्रीको अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको र उनले ढिलोमा भोलिसम्ममा सो नामावली प्रधानमन्त्रीलाई बुझाउने ‘म्यान्डेट’ दिएको बताइएको छ ।

प्रचण्ड निवास नयाँ बजारमा बसेको सो बैठकमा नेपाली काँग्रेस, एमालेलगायतका दलसँग भएको वार्ताको समीक्षा गर्दै शान्ति, प्रक्रिया र संविधान लेखन कार्यलाई पूर्णता दिन सो वार्तालाई अझ निरन्तरतासमेत दिने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %