१४ जेठ अगाडि वजेट ल्याए संसद् चल्न दिन्नौ : नेपाली काँग्रेस

Read Time:1 Minute, 36 Second

काठमाडौँ, १९ वैशाख
नेपाली काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले आगामी जेठ १४ गते अगावै बजेटसम्बन्धी प्रस्ताव ल्याइए व्यवस्थापिका–संसद्को कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ ।

संसदीय दलका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको  बैठकपछि प्रवक्ता नवीन्द्रराज जोशीले शान्ति र संविधान लेखनजस्तो महत्वपूर्ण राजनीतिक मुद्दालाई ओझेलमा पार्ने गरी बजेट ल्याइए संसद्को बैठक अवरुद्ध गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले विगतमा भएका सहमति र अन्तरिम संविधानको प्रावधान बमोजिम शान्तिप्रक्रिया र संविधान लेखन कार्यलाई टुङ्गोमा पु¥याएर मुलुकलाई राजनीतिक निकास दिनुपर्ने पक्षमा जोड दिएको उनले स्पष्ट पारे  ।

यसैगरी  विधिसम्मत ढङ्गबाट नियुक्त भएका भरतपुरस्थित क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा लक्ष्मीनारायण सिंहले काम गर्न पाउनुपर्ने पक्षमा धारणा आएको बताउँदै प्रवक्ता जोशीले सो अस्पतालमा देखिएको समस्या अविलम्ब समाधान गर्न सरकारसँग माग गरेको जानकारी दिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %