हतियार सहित तीन जना पक्राऊ

Read Time:1 Minute, 5 Second

बर्दिवास, १८ वैशाख

महोत्तरी जिल्लाको मङ्गाहा–६ सिद्धपुरमा आज प्रहरीले तीनजनालाई हतियारसहित पक्राउ गरेको छ ।

प्रहरीको गस्ती टोलीले धनुषा जिल्लाको बटेश्वर–९ का तेजकुमार महतो, बेङ्डाबर–१ का सन्तोष महतो र लक्ष्मीनिवास–२ का वसन्तकुमार महतोलाई नलकटुवा पेस्तोल एक थान र पाँच थान गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका तीनैजना धनुषा जिल्लाका हुन् । पक्राउ परेकाहरु पेशेवर अपराधी रहेको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक रामेश्वर यादवले जानकारी दिए  ।

आज  पक्राउ परेका तीनैजना अहमद नदाफ र मुस्तफा नदाफको हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %