जनकपुरधाम, १७ वैशाख
नेकपा (एमाले) सँग सम्बद्ध लोकतान्त्रिक मधेसी सङ्गठनको अध्यक्षमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् सिँचाइ मन्त्री रघुवीर महासेठ सर्वसम्मतबाट निर्वाचित भएका छन् ।
सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले ५६ सदस्यीय कार्यसमितिसमेत सर्वसम्मतबाट गठन गरेको छ । सङ्गठनका उपाध्यक्षमा डा वंशीधर मिश्रा, रामपृत पासवान र फरमुद अन्सारी तथा महासचिवमा गोपाल ठाकुर निर्वाचित भएका छन् । त्यस्तै सचिवमा योगनारायण यादव, रामचन्द्र प्यासी र रामदयाल मण्डल तथा कोषाध्यक्षमा जुनेद अन्सारी निर्वाचित भएका छन् ।