नेपालगन्ज, १७ वैशाख
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाँकेले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य तत्काल रोक्न माग गरेको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाँकेका अध्यक्ष हीरालाल लोनिया, सद्भावना पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीनारायण वर्मा र तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष गिरजाशङ्कर पाठकद्वारा शुक्रबार जारी विज्ञप्तिमा आफ्नो मागको बेवास्ता गरिएमा कडा प्रतिकारमा उत्रने चेतावनी दिइएको छ ।
फोटोसहितको नामावली अध्यावधिक गर्न नागरिकताको प्रमाणपत्र अनिवार्य गराइनु मधेसी, मुस्लिम, जनजाति र दलितलाई मतदानबाट वञ्चित गराउने षड्यन्त्र भएको ठहरसमेत मोर्चाको बैठकले गरेको छ ।