संविधान सभाको म्याद थप गरिए सभासदबाटै राजीनामा दिन्छौ : सद्भावना अध्यक्ष राजेन्द्र महतो

जनकपुरधाम, १६ वैशाख
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी सत्ता र भत्ताका लागि संविधानसभाको म्याद थप गर्ने पक्षमा नरहेको बताएका छन् ।

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानसभाको म्याद थप गरिएमा सद्भावनाका सभासद्ले संविधानसभाबाट नै राजीनामा दिने चेतावनीसमेत दिए  ।
अध्यक्ष महतोले भाषा, धर्म र जातका नाममा मधेसलाई खण्डित गर्ने षड्यन्त्र भइरहेको वताए  । केही राजनीतिक दलको स्वेच्छाचारी प्रवृत्तिका कारण आगामी जेठ १४ गतेभित्र जनताले संविधान प्राप्त नगर्ने उनले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %