केही दिनमै लोड सेडिङ घट्छ : उर्जा मन्त्री गोकर्ण विष्ट

Read Time:1 Minute, 24 Second

काठमाडौ, १६ वैशाख
सरकारले वर्तमान लोडसेडिङ केही हटाउन केही दिन भित्र  विशेष कार्ययोजना सार्वजनिक गर्ने भएको छ ।  विद्युत चुहावट नियन्त्रण र विद्युत उत्पादन र प्रसारण बीचमा समन्वय गरी लोडसेडिङको समय केही हटाइने ऊर्जामन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री विष्टले ऊर्जा सङ्कट घोषणालाई पूर्ण कार्यान्वयन गर्न ऊर्जा सङ्कट विधेयक संसदमा प्रस्तुत गर्ने तयारी भइराखेको बताए ।

बहुचर्चित एवम्  बहुप्रतिक्षित माथिल्लो तामाकोसी यही महिनामा शिलान्यास  गरिने  वताउदै  उनले भने  “ऊर्जामा लगानी मैत्री बनाउन पनि सरकार लागि परेको छ  । ”

निर्माणाधीन विद्युत आयोजनाहरुलाई समयमै काम सिध्याउन निर्देशन दिइसकिएको, विसं २०७२ सम्ममा लोडसेडिङ अन्त्य गर्न अल्पकालीन एवम् दीर्घकालीन योजना ल्याउन लागिएको उनले बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %