हगंकगंमा पनि लोकतन्त्रको ठेक्का तीन दललाई

Read Time:3 Minute, 7 Second

२६ अप्रिल २०११ का दिन जोर्डन स्थित इन्डियन कलबमा नेपालको पाँचौ लोकतन्त्र दिवस तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । नेपाली महाबाणिज्य़दुताबास हंगकंग  आयोजक रहेको सो कार्यक्रममा  नेपाली महाबाणिज्य़दुताबास हंगकंगमा कार्यरत सदस्य सुश्री श्रुती कडरियाले कार्यक्रम संचालन गरेकी थिइन ।

कार्यक्रममा नेपाली महासंघ,जनजाति महासंघ, एनआरएन हंगकंग  र विभन्न नेपाली संघ सस्थाका अध्यक्ष,प्रतिनिधि ,ब्यापारी बुद्धिजिबीहरुको उपस्थित रहेतापनि समयको अभाब देखाउदै नेपालमा जस्तै ठुला ३ दलका जिमी किराती राइ एमाओबादी,कुल प्रसाद गुरुङ नेपाली कांग्रेस र गंगा खतिवडा एमालेलाइ मात्र लोकतन्त्रको बारेमा बोल्न लगाईएकोथियो । कतिपय सहभागीलाई यस्तो विभेदले असन्तुष्ट बनाएकोथियो । उनीहरुको भनाई थियो, के लोकतन्त्र ३ दलको ठेक हो ? पहिलो चरणको कार्यक्रमलाइ नेपाली महाबाणिज्य़दुत बिनोद कुमार उपाध्यायले  लोकतन्त्रको बारेमा प्रकाश पारेकाथिए ।
दिवा भोज सहित राखिएको दोस्रो अंतरक्रिया  कार्यक्रममा महाबाणिज्य़दुत बिनोद कुमार स्वयंले नेपालको ब्यबसायको गठन ,संगठनात्मक संरचना ,बिदेसीको लगानी,काम कर्तब्य र अधिकार ,कार्य सम्पादन  समूह , सम्पादन समूह हरु,लगानीको प्रगति ,वित्तीय साधन स्रोतको बारेमा प्रकाश पारेकाथिए ।   नेपालमा फ़स्ताउदै गएको हाइड्रो पावर बारेमा जानकारी दिएकाथिए ।


छिमेकि राष्ट चीनको भ्रमण गर्दै हंगकंग आइ पुगेका हाइड्रो पावर संचालक इन्जिनीयरद्धय रमेश कुमार सापकोटा र कृष्ण आचार्यले हाइड्रो पावरमा लगानी गरे राम्रो फाइदा हुने जानकारी दिएकाथिए । अन्र्तक्रियामा एनआरएन का त्रिलोक गुरुङ ,चोमोलोग्मा मल्टीकलचरलका श्रीमति इच्या कुमारी गुरुङ ,फिओना हंगकंगका गंगा खतिवडा ,एक्युट कन्सल्टेन्सीका दासुराम पराजुली ,हिंन्सका बुद्धि बहादुर थापा ,नेप्स टाइम का प्रेम बिस्वकर्माले आ आफ्ना ब्याबसायको बारेमा प्रकास पारेका थिए । कार्यक्रम दिनको ३ बजे सुरु भै बेलुकी ६ बजे समाप्त भएको थियो ।

हुम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %