विश्वमा रक्सीको सेवन र यसबाट छुट्कारा पाउने उपाय

Read Time:16 Minute, 45 Second

अल्कोहोल परापुर्बकाल देखि नै मानव जातिले विविध रुपमा प्रयोग गर्दै आई राखेको प्रख्यात पेय  पदार्थ  हो । धार्मिक रुपमा ,औषधीको रुपमा ,खानाको रुपमा मनोरन्जनको रुपमा कुनै न कुनै रुपमा यसको प्रयोग आज सम्म रही आएको छ । यसको प्रयोग अहिले हरेक सामाजिक भेटघाट ,समारोह  , भोजभतेर आदिमा प्रचुर मात्रामा हुने गरेको छ । नेपाल जस्तो बहुधार्मिक , बहु साँस्कृतिक समाजमा कुनै न कुनै रुपमा अत्यधिक प्रयोग  हुँदै आई रहेको छ । चाहे त्यो घरेलु उत्पादन होस् या बजारिया , राज्यको अर्थतन्त्रमा यसले ठुलो हिस्सा ओगटेको छ ।

ठुल-ठुला उद्योगहरु मा १५ बिलियन भन्दा माथी  झन्दै ५० भन्दा माथि रक्सी उद्योगहरुमा लगानी गरिएको छ भने घरेलु रुपमा उत्पादन हुनेको कुनै हिसाब छैन । त्यस्तै  ठुलो मात्रामा विविध संचारमाध्यमबाट यसको प्रचार प्रसार पनि उत्तिकै प्रचुर मात्रमा हुने गरेको छ ।  नेपालमा यसको प्रयोग वा रोकथाममा  कुनै प्रभावकारी कानुन  नभएको कारण जहाँ तही  सजीलै उपलब्ध हुनाले  युवा बर्गलाई यसले सबै भन्दा बढी असर गरेको छ भने वातावरणिय प्रभाव पनि उत्तिकै गरेको छ  ।

बिस्व स्वास्थ्य संगठनले २००३ मा गरेको एक अध्ययन अनुसार नेपालमा (१५ बर्ष भन्दा माथि ) बार्षिक  रक्सीको प्रयोग प्रति व्यक्ती (0.२ परक्यापिता कन्सम्सन प्रती व्यक्ती )  रहेको छ । यो अध्ययन अनुसार सबै भन्दा बढी रक्सीको प्रयोग लक्जम्बर्ग (१५.६ पर क्यापिता) ,आइरल्यान्द (१३.७) युके  (११.८) जस्ता  देश हरु  छन्  भने मुस्लिम देश हरु जहाँ कानुनी बन्देजको कारणले गर्दा साउदी अरेबिया ,अफ्गानिस्थान , पाकिस्तान जस्ता देशहरुमा कम खपत हुने गरेको पाईएको छ । अध्ययनले त्यहाँ  (०.०) पर क्यापिता देखाएको छ । सन २०००मा   चाईल्ड  वर्कर  इन  नेपाल (सिविन ) को  एक अध्ययन अनुसार २४०० घरपरिवार ,१६ जिल्ला ,गाउ शहरमा गरिएको सर्वे अनुसार ६०% रक्सी प्रयोग गरिएको पाईयो । नियमित प्रयोगकर्ता ३८% (३० दिनमा १-५  दिन सम्म प्रयोग गर्ने), दिनहु प्रयोग गर्ने १०% (३० दिनमा २० दिन भन्दा बढी प्रयोग गर्ने ) जसमा महिला २१% र पुरुषले ५०% कुनै प्रकारको रक्सीजन्य पदर्थको प्रयोग गरिएको पाइयो । नेपालमा हुने धेरै जसो हिंसा रक्सीको प्रत्यक्ष वा  अप्रत्यक्ष असरले हुने गरेको पाइएको छ । रक्सी जन्य अपराधहरुमा सारिरीक हिंसा  ३३.४%, घरेलु हिन्सा ४०%, धन सम्पत्ती नास २७.८% , शिक्षाबाट बन्छित २०.२% देखायेको छ ।

यता युकेका अनुसन्धाता डाक्टर ट्रिशा म्यक्नयरको एक अध्ययन अनुसार हरेक बर्ष ३४,००० मृत्यु रक्सीको प्रत्यक्ष वा अप्रत्यक्ष असरले हुने गरेको छ । कतिपय दुर्घटनाहरु लत नलागेका तर कहीलेकाहीं पिउदा यसको क्षनिक असरका  कारणले हुने गर्दछ । सडक दुर्घटना ,स्वास्थमा असर , चोटपटक आदि यसको प्रयोगले हुने नकारात्मक  असरहरु हुन् । रक्सीको प्रयोगले जति हानी गर्दछ त्यति सम्पुर्ण औषधिको नकारात्मक असरले पनि नहुने उक्त अध्ययनले जनाएकोछ । युकेको कानुन अनुसार १८ बर्ष मुनीकोलाई कडा रक्सीजन्य पदार्थ  किन्न वा पिउन प्रतिबन्ध छ तर वाइन र बियर रेस्टुराँ वा होटेल मा १६ बर्ष माथिको लाई केही खाने कुरा सँग पिउन अनुमती छ ।

यहाँका भत्ती पसल (पब हरु ) प्राय अफ लाइसेन्स बाहेकको  राती ११ बजे भित्रै बन्द हुनु पर्ने नियम छ । सोही अध्ययन अनुसार प्रायजसो युबा बर्गमा केही मात्रामा वा सामाजिक रुपमा  रक्सी पिउने गरेको पाइएको छ । युकेको स्वास्थ्य बिभागले तोकेको मापदन्ड भन्दा बढी पिउनेमा ५ मा एक जना पुरुष र ७ मा १ महिला ले पिउने गरेका छन्  ,जहा महिलाले २-३ युनिट प्रति दिन (१४ युनिट प्रति हफ्ता ) र ३-४ युनिट प्रति दिन पुरुषलाई  (२१ युनित प्रति हफ्ता) तोकिएको छ । युकेको एक अध्ययन अनुसार उच्च मध्यम बर्गमा यसको प्रयोग अत्यधिक देखिएको छ , जस्मा पुरुषले २२-५० युनित प्रति हफ्ता र महिलाले १५-३५ युनिट प्रति हफ्ता प्रयोग गरिएको पाईएको छ । तर लिवरपुलको मुर युनिभर्सिटी अनुसार अत्यधिक रक्सीको प्रयोग गरीब बर्गमा देखियेको छ , जस अध्ययन अनुसार म्यन्चेस्तरमा अत्याधिक मात्रामा ( ८.८%) ,लिवरपुलमा (८.१%) ,लीद्स मा (७.१%) जहाँ १६ बर्ष माथिका हरुमा गरिएको अध्ययन अनुसार हफ्तामा ५० युनिट पुरुष र ३५ युनिट भन्दा माथि महिलाले प्रयोग गरेको पाईएको  छ जुन हानिकारक समुह अन्तर्गत पर्दछ ।  प्रोफेसर मार्कका अनुसार रक्सीजन्य पदार्थको प्रयोगले हुने मृत्युदर रोक्न शरीरले रक्सीको मात धान्न सक्ने क्षमता बढेको छ जुन दिनहु रक्सी खाएर बृद्धि हुने गर्दछ । रक्सी को अत्यधिक प्रयोग हुने ठाउहरुमा रनिमेदे (२६.४%) हेरोगेत  (२६.४%) गिल्द फोर्ड (२५.५%) ,सुरेहत (२६.०%) रहेको छ ।

रक्सी (अल्कोहोल) र यसका असर

प्राय प्रयोग हुने रक्सीमा इथानोल भन्ने रसायन तत्व हुन्छ ,यो एक प्रकारको मादक, नसालु पदार्थ भित्र पर्दछ ,जसले स्नायु  प्रनालिलाई शान्त (दबाई) पारी एक प्रकारको आनन्दित तुल्याउदछ , जस्लाई सेडतिभ  ह्य्प्नोतिक  ड्रगको  वर्गमा राखिएको छ।
यसलाई  क्षणिक  र  दिर्घकालिन   असरमा  बिभाजित  गर्न  सकिन्छ । यसका क्षणिक असरहरुमा रक्सीको मात्रा कति प्रयोग गरिएको छ तथा प्रत्येक व्यक्ती अनुसार फरक पर्न आउदछ । यसको प्रमुख असर भनेको दिमाग (मस्तिस्क) अर्थात स्नायुप्रनाली  हो ,जसले गर्दा बोली लर्बराउनु  , आनन्दित तुल्याउनु , रिंगटा लाग्नु ,अष्पसष्त बोली ,सन्तुलन गुमाउनु ,हिडदुल  गर्न नसक्नु ,निन्द्रा लाग्नु ,सोच्ने सन्तुलन गुमाउनु, आँखा धमिलिनु  ,आदीहुन्  । यसको थोरै मात्र सेवनले शरीरलाई आराम गराउनका साथै बोलाईमा बृद्धि गराउदछ तर बढी भएमा शरीरको सन्तुलन गुम्दछ। सोच्ने शक्तिमा पनि हस आउदछ । यसले सामान्य  अवस्थामा रहेको दिमागलाई दबाई  विवेक गुम्ने  बनाउदछ । त्यसकारण जहिले पनि रक्सी पियर सवारी साधन वा  अन्य   जोखिमयुक्त  क्रियाकलाप  नगर्नुनै  बेस  हुन्छ  ।

यसको दिर्घकालिन असरहरु
अत्यधिक मात्रामा रक्सी पिउने साथै खानपिनमा पनि कम गर्ने  बानी गरेमा शरीरको प्रत्यक अङ्गमा असर पार्दछ । मुख्य कलेजो र स्नायु प्रनालिमा यसको असर बढी पर्दछ र अरु अङ्गहरु   पनि यी अङ्गहरुसँग प्रभाबित हुन्छन् । जब कलेजो क्रमिक  रुपमा बिग्रदै जान्छ फल्स्वरुप सिरोसिस  भई कलेजोले काम गर्न छादछ ।अन्तमा कलेजोको क्यान्सर भई बिरामीको मृत्यु हुन जान्छ । पाचन प्रक्रियामा खराबी आई  खानामा रुची घट्नु , वाक लाग्नु ,झाडा पखाला लाग्नु , पेट  दुख्नु ,अल्सर हुनु ,आन्द्रा सुन्निनु ,घाउ पर्नु भिटामिनको कमी हुनु ,रगत बग्नु ,क्यान्सर आदी हुनु अत्याधिक रक्सी सेवन को कारणले हुन जान्छ ।

त्यस्तै स्नायुप्रनालिमा पनि यसले बिभिन्न स्तरमा असर गर्दछ ।  बौद्धिक क्षमतामा हास आई  तनाव , उदासिनता ,दिमिन्सिया आदि ले च्याप्दछ । त्यस्तै शरिरको नसामा छत्ती भई खुट्टा लाटो हुनु ,हिडदुल गर्न गार्हो हुनु , हात खुट्टा लाटो हुनु वा झमझमाउनु आदि हुन्छ ।  यी  बाहेक दायबिटिज (मधुमेह),पन्क्रियाज ग्रन्थी सुन्निनु ,आन्तरिक रक्त नली हरु फुत्नु पनि यसका नकरात्मक असर हो भने  मुटुको मान्सपेसीहरु खराब भई मुटु  कमजोर हुन जान्छ ।  त्यस्तै रक्सीको करण उच्च रक्तचाप  ,हृदयघाट (हार्ट अत्याक) ,पक्षघाट (इस्त्रोक )को सम्भाबना पनि उत्तिकै बढाउछ । गर्भाअवस्थामा रक्सी पिउनाले गर्भको  बच्चालाई हानी पुर्याउदछ । रक्सी गर्भासयमा  छिरी बच्चाको सारिरिक बिकासमा खराबी ल्याउदछ । सारिरिक बिकास हुने अवस्थामा रक्सीको सेवन गरे सारिरिक विकासमा खराबी ल्याई ‘फिटल अल्कोहल सिन्द्रोम’ हुन जान्छ र बच्चा साररिक र मानसिक  अपाङ्गता भएको जन्मन्छ । त्यसैले  गर्भवती  अवस्थामा वा गर्भ बोक्ने अवस्थामा रक्सी सेवन गर्नु अत्यन्त हानी कारक छ ।

यती मात्र नभइ यसले पुरुषको बिर्य उत्पादन क्षमतामा  पनि कमी ल्याउने हुनाले सन्तान बनाउने तरखरमा रहेका  पुरुषहरुले रक्सीको सेवन नगर्नु नै बेस हुने छ । सरिरको मान्सपेसी कम्जोर बनाउनु ,टाउको दुख्नु ,वजन बढ्नु, सुन्ने र देख्ने शक्तिमा  हास आउनु , हड्डी कम्जोर हुनु, रगतको कमी (रक्ताल्पता) आदि पनि अत्यधिक रक्सी सेवनको कारण हुने गर्दछ भने घाटीमा असर गरि  क्यान्सर पनि हुन  जान्छ ।   अत्यधिक रक्सी सेवन गर्ने व्यक्तीले अचानक छोड्दा ‘विदद्रल सिम्तोम’ हुन्छ ,तनाव हुनु ,उत्तेजित हुनु ,जिउ काम्नु ,मुर्छा पर्नु आदि यस्का लक्षणहरु हुन् , जुन अत्यन्तक खतरनाक ,प्राणघातक पनि हुन जान्छ । सारिरिक हानी बाहेक सामाजिक हानी पनि यसको सेवनले उत्तिकै पुर्याउछ ।  साथिभाई बाट टाढा हुनु ,बैबाहिक सम्बन्ध बिग्रनु ,परिवारिक कलह बढ्नु ,बाल बच्चाको उचित हेर बिचार नहुनु ,काममा लगाव नहुनु ,रक्सी सेवन को कारण आर्थिक रुपले कम्जोर हुदै जानु ,बिभिन्न अपराधिक क्रियाकलापमा सङ्लग्न हुनु आदी यसका दुर्गुण हुन् ।

रोकथाम र उपचार

रक्सी सेवन थोरै मात्रामा गर्नु स्वास्थ्यको लागि लाभदायक पनि छ त्यसकारण अत्याधिक मात्रामा रक्सी सेवनको बाट बाँच्न निम्न उपायहरु अपनाउन सकिन्छ –
·  रक्सी जहिले पनि उचित मापदन्ड भित्र रहेर सेवन गर्ने ,
.साधारणतया महिलाले  २-३ युनित प्रति दिन (२०-३० ग्राम)

पुरुषले ३-४ युनित प्रति दिन (३०-४० ग्राम) तोकिएको  छ,जुन, १ युनित बराबर साधारण तया १०   मि.ली. वा ८ देखि १० ग्राम सुद्ध अल्कोहोल हुन्छ । अर्थात १/२ पिन्ट बियर (३.५%0 लगभग २८४ मिली वा सानो गिलास वाईन (९%) १२५ मिली जत्ती वा २५/३० मिली व्हिस्की हुन्छ ।
·        तिर्खा र प्यास मेटाउनको लागि कहिल्य रक्सी सेवन नगर्ने बरु पानी पिउने वा हल्का पेय पदार्थ पिउने ।
·        रक्सी खाने बानी छ भने रक्सी को ठाउमा बेला बेला अल्कोहल फ्री पेय पदार्थ सेवन गर्ने जसले बढी मात्रमा रक्सी सेवन बाट रोक्छ,
·        अल्कोहलको मात्रा काम हुने पेय पदार्थ सेवन गर्ने
·        आफुले  सेवन गरेको पेय रक्सी जन्य पदर्थाको हेक्का राखी कम गर्ने कोसिस गर्ने र सके सम्म लिमित बन्दा बढी नपिउने
·        एकै चोटी मा सक्ने गरेर नपिउने ,थोरै थोरै मात्रामा पिउने ,रक्सीको गिलास नसकी नथप्ने ,
·        रक्सी सेवन गर्नु अगाडि खाने कुरा खाने ।
·        गर्भवती अवस्थामा कहिल्यै रक्सी नपिउने ।
·        कुनै मेसिन चलाउदा वा सवारी चलाउदा कहिल्यै रक्सी नपिउने
·        यदि नियमित रक्सी सेवन गर्ने बानी छ भने हफ्ताको कम्तिमा दुई दिन अल्कोह्ल फ्री पेय पदार्थ सेवन गर्ने । तनाव कम गर्न कहिल्यै रक्सी नपिउने बरु सारिरिक व्याम ,रिलक्सेसन ,अथवा ध्यान आदि गर्ने साथी भाई परिवार सँग बिताउने ।
रक्सीको लत वा नसामा फसिसकेको व्यक्तीको उपचारमा  कुनै एक बिधी पर्याप्त नहुने  हुनाले  र जटिल पनि  भएको कारण ,व्यक्तिको  व्यबहार परिवर्तन गर्दा समय प्रर्याप्त लाग्न सक्दछ त्यो आहार विहार परिवर्तन होस् या चुरोट , जाड  रक्सीको लट छुताउनको नीम्ति । तर पनि  यसको लट छुटाउने विभिन्न उपाय हरु छन् जस्ले पुरै रक्सी छुटाउने देखि नियन्त्रित रुपमा सेवन गर्ने सम्म सहयोग गर्छ । सबै भन्दा पहिले रक्सी पिउने व्यक्तिले यसको खराबी आफू र अरुलाई हुन्छ भन्ने ज्ञान हुनु जरुरी छ। रक्सीको लतबाट  छुटकारा पाउन एक्लो प्रयासले प्रर्याप्त नहुनाले सरिरमा कुनै खराबी नहुदै वा कुनै रोगले च्यापी सकेपनि यसबात उम्कन  कुनै  अस्पताल ,स्वास्थ्य संस्था  वा  बिबिन्न आचरन ,व्यबहार परिवर्तन गर्ने केन्द्र हरुमा उपचार गर्न सकिन्छ । तर त्यसका लागि पहिला  स्वास्थ्य संस्थामा वा अस्पतालमा गई  चिकित्सकको सल्लाह  लिन उपयुक्त हुन्छ ।  

डा. चजिन्द्र राना मगर
(ब्रेन्ड फिल्ड  मेडिकल सेन्टर, लण्डन ,यु के)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %