काठमाडौँ, १५ वैशाख
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वाम एकताबाट जारी हुने संविधान कदापि मान्य नहुने र त्यो सफल पनि नहुने ठोकुवा गरेकाछन् ।
उनले आज सानो ठिमीस्थित आफ्नो निवासमा रासससँगै सङ्क्षिप्त कुराकानी गर्दै वाम शक्ति र प्रजातान्त्रिक शक्ति एकभई संविधान जारी गर्नुपर्छ भने ।
संविधानसभाको म्याद थपेर पनि कुनै समस्याको समाधान नहुने भएकोले म्याद थप्नु उचित नभएको उनले वताए ।
मुलुकमा शान्तिप्रक्रिया निष्कर्षमा पु¥याउन र सङ्घीयता दिन वर्तमान सरकार गम्भीर नभएकोले मधेसीको आन्दोलनबाहेक अर्को विकल्प नरहेको बताए ।
एकीकृत नेकपा (माओवादी)ले आफ्नो नेतृत्वको सरकार चाहेको र त्यसमा लागिरहेकाले त्यो नै शान्ति र संविधानको लागि बाधक रहेको उल्लेख गर्दै उनले भारतको विरोध गर्ने राजनीतिक दलहरूको कारण नेपाली जनताले दुःख पाइरहेको स्पष्ट गरे ।