गाँउमा फक्रिएका बाल बैज्ञानिक दिनेश बलामी मगरको कथा

Read Time:7 Minute, 15 Second

दगातुम्डाडाको वार्ड नं. ६ हाडिखोला बागलुङ्गका दिनेस वलामीले चौध बर्षका छदै २०६४ सालमा वाएरलेस माईक्रोफोन बाट बोल्दा एफ,एम मा सुनिने आवाज अहिले शामुदायिक रेडियो शारथीको रुपमा शुरु भएको छ । ईलेक्ट्रीशियनको काम गर्ने उनका बुबाले घरमा ल्याएको माईक्रोफोन बाट बोल्दा जिरो प्वईन्ट जिरो फाईब वाटको क्षमतामा वरिपरि सम्म रेडियोमा आवाज सुनिए पछि बलामीले कर्लेस फोन को हाईब्रिड आईसी जोडेर टाढा टाढा सम्म एफ, एम मा सुन्न सकिने बनाएका थिए । उनका अनुसार एउटा कर्लेसको हाईब्रिड आईसीमा आठ सय वाटको क्षमता हुने भएपछि चार वटा कर्लेसको आई सी जोडेर पचास वाट को रेडियो १०४ मेगाहर्जमा टिप्ने गरी घरबाटै चलाएका थिए ।

सुरुमा घरकैनाम राङ्गदीफाट एफ, एमको नाउमा अडियो क्यासेट तथा टेलिभिजनका सिरिएल हरु बजाईदिने गरेका थिए  । रजिस्तर, क्यापिसिटर,ट्रान्सजिस्तर जोडेर लङ्गरेन्ज फालेको हो । फिक्वईन्सी सेट गरी सफा टिप्ने बनाउन एक बर्ष समय लाग्यो । दिनेश भन्छन् “घरकै कोठामा चलाएका थियौ, बुबा बोल्ने मैले प्राबिधिक गर्ने गर्थे । ”चार पाच महिना घरबाटै चलाईएको राङ्गदीफाट एफ, एम लाई त्रिभुवन मा.वि. दगातुम्डाडा ७ खर्वाङ द्धार सञ्चालीत ग्रामिण सुचना केन्द्रले २०६७ माघ २६ गते वाट दुई महिना शामुदायिक रेडियो दगातुम्डाडा बनाएर प्रशारण गरेको थियो ।
सुचनाकेन्द्रका संचालक कमल पौडेलका अनुसार स्टुडियो, कम्प्युटर, मिक्चर,माईक्रोफोन  लगाएतका सामान किन्न सुचनाकेन्द्रले  झण्डै असी हजार खर्चिएको थियो । विहान ५ वजे देखी राती १० वजे सम्म करिव ३ महिना रेडियो सञ्चालन गरीएको थियो । रेडियो वाट स्थानीय समाचार, स्थानीय सरोकारका विषय वस्तुमा छलफल समेत गरीन्थ्यो ।बजार बाट बिज्ञापन समेत उठाईयो कमल भन्छन् “त्यतिबेला सम्म यो ठाउमा अन्य ठाउका रेडियो सुनिदैनथ्यो ”
त्यही बाट बाग्लुङ्गका प्रमुख  जिल्ला अधिकारी केशवराज घिमिरे, स्थानिय विकास अधिकारी विस्नु वहादुर थापा, जिल्ला शिक्षा अधिकारी मुक्तीसिंह ठकुरी लगाएत को अन्र्तवार्ता प्रसारण गरीएको सम्झन्छन त्रिभुबन माबिका शिक्षक कृण्ण पोख्रेल । उनले बनाएको रेडियोमा बोल्दा बोल्दै समाचार पढ्न र कार्यक्रम चलाउन सिके कृण्ण भन्छन् “त्यही अनुभब बाटै अहिले रेडियोको कार्यक्रम प्रमुख भएको छु । ”
अहिले दिनेशले शुरु गरेको एफ, एम लाई बैधानिकता दिई २०६७ आषाढ ३१ गते नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयवाट अनुमति लिई नयाँ ट्रान्समिटर सहित १०० वाट क्षमतामा माघ १ गते देखी सामुदायीक रेडियो सारथी प्रशारणमा आएको छ ।रेडियोका स्टेशन म्यानेजर बिष्नु भुसाल भन्छन् “दिनेश भाईकै कामलाई निरन्तरता दिन सामुदायीक रेडियो सारथीको शुरुवात भएको छ ।”
महेन्द्र आदर्श उच्च मा.वि. वामी टक्सार गुल्मीबाट गत साल एस,एल सी दिएका दिनेस अहिले सत्र बर्षका भए । वाग्लुृङ जिल्लाको सदरमुकाम देखी ६५ कि.मि. पश्चिम, जिल्लाकै होचो ठाँउ वाट २०६४ सालमा उनले चलाएको रेडियो सुनेका गाउलेहरु अहिले पनि दङ्ग छन् । दगातुङ्ग डाडाको उनले नामै राखे एक दमै राम्रो छ ।खर्बाङ्ग बाग्लङ्गकी कलावति गिरी भन्छिन् “उनले अरु काम पनि राम्रो संग गर्न सक्छन् ।  टिभीहरु ,रेडियो,टेलिफोनहरु पनि बनाउन सक्छन् ।धेरै राम्रो खुसि लाछ ।”
एस,एल सीमा दिनेस सफलहुन नसकेपछि उनका बुबा आमा चिन्तीत छन् । जाचको बेला नपढेरै रात भर काम गथ्र्यो उनका बुबा कृष्ण वहादुर वलामी भन्छन् “यता सफल भएपनि पढाईमा असफल भो एस,एल सी सम्म पास भए हुन्थ्यो भन्ने लागेको छ ।
गाउमै बसेर पनि चौध बर्षै  बालकले रेडियोको ट्रास मिटर बनाएर एफ,एम चलाएपछि दिनेश बलामीले जिल्लाविकास समिति, आदर्श सञ्चार सहकारी लिमिटेड, उधोग बाणिज्य संघ बाग्लङ्ग , काठमाडौं गोल्डेनगेट कलेज लगाएतका ठाउबाट पुरस्कार र सम्मान पाएका छन् । लघुजलबिधुत परियोजना गिरीङ्गदीको निरीक्षण गर्न र त्रिभुवन माबिको भबन  उद्घाटन गर्न गाउमा आएका अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम्मान गर्दा खुसिले आसु झारे, दिनेशका आमा माया बलामीले भने “अर्थ मन्त्रीले सम्मान गर्नु भनेको ठुलो कुरो हो मैले  त्यति बेला आसु रोक्नै सकिन ।” अहिले एस एल सी दिएको छ  । उनका बाबु  भन्छन् “पास भयो भने एलाई कोही सघ संस्था मार्फत राम्रो संग ईलेक्ट्रोनिक इन्जिनियरीङ्ग पढाउन पाए राम्रो हुन्थ्यो । ” कक्षा आठमा पढ्दै गर्दा दिनेश बलामीले बनाएको सानो क्षमताको  रेडियो अहिले सय वाट मा चलिरहेको छ । रेडियो जन्माउने दिनेश बलामी आर्थिक अबस्था कमजोर भएरै ईलेक्ट्रोनिक काम गर्ने बुबालाइ दिउसोमा सघाईरहेका छन् भने बेलुकी रेडियोमा प्राबिधिक काम गर्छन् । चलाख दिमाखका दिनेश भन्छन् “रुचि अनुसारको पढाई केटा केटी देखीनै शुरु गर्नु पर्छ ।

खर्बाङ्ग बाग्लुङ्ग बाट फर्किएपछि , देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %