काँग्रेस कार्यकर्ताको आक्रमणबाट नुवाकोटमा माओवादीका छ जना कार्यकर्ता घाइते

Read Time:1 Minute, 31 Second

नुवाकोट१२ वैशाख
जिल्लाको घ्याङ्फेदीमा नेपाली काँग्रेसका कार्यकर्ताको आक्रमणबाट माओवादीका छजना कार्यकर्ता घाइते भएका छन् । घ्याङ्फेदी गाविस–६ मा रहेको इन्द्रायणी प्राविमा शौचालय निर्माण विवादमा नेपाली काँग्रेसका कार्यकर्ताको आक्रमणमा परी माओवादी एरिया इन्चार्ज यमलाल तामाङसहित छजना घाइते भएको एकीकृत नेकपा (माओवादी)का जिल्ला सेक्रेटरी पुष्प लामिछानेले बताए ।

जिल्लाको दुर्गम घ्याङ्फेदी गाविसका नेपाली काँग्रेसका कार्यकर्ता सुनबहादुर तामाङ र स्थानीय शान्ति समितिका अध्यक्ष तेल दोर्जेको नेत्रित्वमा आइतबार आएको २०–२५ जनाको समूहले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको माओवादी जिल्ला कमिटीले जनाएको छ ।

घाइतेमध्ये यामलाल तामाङ र दोर्जे तामाङलाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ । अरू घाइतेको स्थानीय स्वास्थ्य सस्ंथामा उपचार भइरहेको छ । आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %