विराटनगरमा लाखौ लुटपाट, लुटपाटको विरोधमा बजार बन्द

Read Time:1 Minute, 14 Second

विराटनगर, ११ वैशाख

विराटनगरको व्यावसायिक  प्रतिष्ठानमा लुटपाट एवम् चोरी गर्नेलाई प्रहरी प्रशासनले  कारबाही नगरेको विरोधमा आइतवार  विराटनगर बजार बन्द गरिएको छ ।

विराटनगर बजारमा प्रहरीले सुरक्षाको प्रतिबद्धता जनाए पनि चोरी एवम् लुटपाटका घटना बढेको आक्रोसमा व्यवसायीले बजार बन्द गरेका हुन् ।

गएराति विराटनगरको मुख्य बजार रामजानकी मन्दिरसँगै रहेको अन्सारी ज्वेलर्समा ढोका र ताला फोरेर रु ३५ लाख मूल्य बराबरको लुटपाट भएको ज्वेलर्सले जनाएको छ ।

सो घटनालाई लिएर तनावग्रस्त रहेका व्यवसायीले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक थापालाई भेटी अपराधीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

एक हप्ताअघि सोही पसलको नजिक न्यू नीलकण्ठ वाच पसलको ढोका फोरेर करिब रु १० लाख मूल्य बराबरको सामान चोरी भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %