लोकतन्त्रलाई मौलिक आकार दिएर आफ्नै खुट्टामा उभ्याउन चहान्छौ : प्रधानमन्त्री खनाल

Read Time:3 Minute, 11 Second

काठमाडौँ, ११ वैशाख

लोकतन्त्र दिवस २०६८ मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहबीच छैटौँ लोकतन्त्र दिवस हर्षोल्लासका साथ मनाइयो ।

समारोहमा लोकतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गदै प्रधानमन्त्री खनालले लोकतन्त्रलाई सुदृढीकरण गर्दै समृद्ध र समुन्नत नेपाल निर्माण गर्न इतिहासले हाम्रो काँधमा सुम्पेको ऐतिहासिक जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे  ।

उनले जनताको बलिदान र त्यागपूर्ण सङ्घर्षद्वारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नै मौलिक आकार र खुट्टामा उभ्याउन र अघि बढाउन चाहन्छौँ भने  ।

प्रधानमन्त्री खनालले शान्तिप्रक्रियाको टुङ्गो लगाई नेपाली जनताको चाहनाअनुरुप लोकतान्त्रिक संविधान जारी गर्ने कार्यमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु क्रियाशील हुनैपर्छ भन्नुहुँदै आफ्नो नेतृत्वको सरकार शान्तिप्रक्रियालाई पूर्णता दिन र नयाँ संविधान जारी गर्न अर्जुनदृष्टिका साथ लागिपरेको स्पष्ट गरे  ।

समारोहमा राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रुपमा उपस्थित थिए । राष्ट्रपति डा यादवले १६ औँ एसियाली खेलकुद प्रतियोगितामा कास्यपदक विजेता दीपक महर्जनलाई रु तीन लाख नगद पुरस्कारबाट र लोकगीत प्रतियोगितामा विजयी कलाकारलाई पुरस्कृत गरे  ।

समारोहमा नेपाली सेनाद्वारा सलामी अर्पण, सैनिक हेलिकोप्टरद्वारा लोकतन्त्रका व्यानर प्रदर्शन, रङ्गीचङ्गी फूल र बेलुन उडाइएक थियो  ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यालयका बालबालिका, सांस्कृतिक झाँकी टोलीद्वारा मार्चपास गरिएको थियो ।

सो अवसरमा प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, उपप्रधानमन्त्रीद्वय भरतमोहन अधिकारी र कृष्णबहादुर महरा, मन्त्रीगण, सभासद्हरु, संवैधानिक निकायका प्रमुखहरु, सरकारी उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %