जिप दुर्घटनामा एक ज्यान गयो

Read Time:1 Minute, 3 Second

कावासोती, ११ वैशाख

नवलपरासीको अरुणखोलाबाट हुप्सेकोट जाँदै गरेको जिप सडकबाट तल खस्दा एक जनाको घटनास्थमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

दुर्घटनामा परी हुप्सेकोट–२ का ५० वर्षीय हीराबहादुर सारुमगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

अरुणखोलाबाट हुप्सेकोट जाँदै गरेको लु १ च ३४४५ नम्बरको जिप पिपलडाँडा उकालोमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हुप्सेकोटका ७ वर्षीय विशाल उचै, २४ वर्षीय मानबहादुर बगालेमगर, ५६ वर्षीय सुरजबहादुर ठकुरी र ३० वर्षीय चन्द्रकुमार हमाल घाइते भएका छन् ।

घाइतेहरूको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा १२ जना सवार थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %