काठमाडौ, वैशाख ९
प्रमुख प्रतिपक्षी काँग्रेसले अर्थमन्त्रीले प्रेसमार्फत सावर्जनिक गरेको स्वेतपत्र को विरोधमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न माग गर्दै संसदमा स्थगन प्रस्ताव दर्ता गराएको छ ।
काँग्रेसका सभासद् पूर्व अर्थमन्त्री रामशरण महतले उक्त स्थगन प्रस्ताव दर्ता गराएका हुन् । यस्ता गम्भीर आर्थिक विषयहरुसंग जोडिएको विषय सहमतिको आधारमा संसदमार्फत ल्याउनु पर्नु काँग्रेसको जोड रहेको छ ।
संसदको कार्य सञ्चालन नियमानवलीको नियम ३३ अनुसार यो प्रस्तावका कारण शुक्रबार संसदमा अन्य विषयले प्रवश पाउने छैनन् । काँग्रेसको प्रस्तावमा छलफल पछि सरकारका तर्फबाट अर्थमन्त्री भारत मोहन अधिकारीले जवाफ दिनेछन् र उक्त प्रस्ताव माथि मतदलान समेत हुनेछ । संसदले प्रतिपक्षीले ल्याउने यो अविश्वासको प्रस्ताप पछिको सबैभन्दा महत्वपूर्ण प्रस्ताव हो ।
यसअघि काँग्रेससहितका प्रतिपक्षी दलहरुले चैत १३ गाते नै राष्ट्रिय सहमतिका आधारमा आर्थिक नीति तय गरिनुपर्ने ब्यहोरासहितको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता राएका थिए ।
स्वेतपत्रको बिरोधमा काँग्रेसद्वारा संसदमा स्थगन प्रस्ताव दर्ता
Read Time:1 Minute, 37 Second