माओवादी केन्द्रिय समितिको बैठक शुरु

Read Time:2 Minute, 42 Second

काठमाडौँ, ९ वैशाख
एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ ।
केहीबरे अघि सुरु भएको सो बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाबारे राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उनले प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय समिति सदस्यहरुले त्यसमाथि आफ्नो विचार राख्ने बताइएको छ । एमाओवादी स्रोतका अनुसार अध्यक्ष दाहालको सो प्रतिवेदनमा यसपटक शान्ति र संविधानलेखन कार्यलाई प्राथमिकताका साथ उठाइएको छ भने जनविद्रोहको कार्यनीतिलाई तत्कालका लागि पर सारिएको छ ।

अध्यक्ष दाहालको प्रतिवेदनप्रति उपाध्यक्ष डा बाबुराम पक्षले समर्थन जनाउने र अर्का उपाध्यक्ष मोहन वैद्य पक्षले फरक मत राख्ने देखिएको छ ।

यसअघिका बैठकमा भने अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्य नजिक देखिनुभएको थियो । यसपालि तत्कालीन कार्यनीतिका सवालमा उहाँ र उपाध्यक्ष भट्टराईबीच मङ्सिरमा गोरखाको पालुङटारमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले जनविद्रोहको कार्यदिशा पारित गरिएकाले त्यसैलाई जोड दिनुपर्ने अडान राखेका छन् ।

वैद्यपक्ष एक नेताले आफूहरु पनि शान्ति र संविधानको पक्षमा नै रहेको भन्दै यसमा सम्भावना क्षीण बनेकाले जनविद्रोहलाई नै जोड दिनुपर्ने तर्क राखेको बताए ।

उनले जनविद्रोहको कार्यनीतिलाई परिमार्जन गर्नुपर्ने जरुरी नरहेको जिकिर गरे । माओवादी स्रोतका अनुसार अध्यक्ष दाहालको प्रस्तावप्रति उपाध्यक्ष वैद्यले फरक मत या नोट अफ डिसेन्ट लेख्ने सम्भावना रहेको छ ।

यसअघिका कतिपय बैठक भने अध्यक्ष दाहालको राजनीतिक प्रस्तावप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष भट्टराईले नोट अफ डिसेन्ट लेखेका थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %