अर्थराज्यमन्त्री लामाले आज राजिनामा दिने

Read Time:1 Minute, 32 Second

काठमाडौ, वैशाख ८

चीन, भारत र नेपालको नागरिकता लिएको भन्ने आरोप लागेका अर्थराज्यमन्त्री लार्केल लामाले आज राजिनामा दिने भएकाछन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले अर्थराज्यमन्त्री लार्केल लामाको राजिनामा आजै आउने बताएका छन् । राजधानीमा विहीबार आयोजित कार्यक्रममा बोल्दै उनले अर्थराज्यमन्त्री धेरै विवादित भएकाले राजिनामा मागिएको  जानकारी दिए  ।

विभिन्नकोणबाट उनी आरोपित भएपछि प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमाथि नै शंका उत्पन्न भएको थियो । एमालेका सभासदसमेत रहेका लामाको पार्टी नेतृत्वबाटै राजिनामा माग गरिएको थियो ।

प्रधानमन्त्री खनालले मन्त्री लामालाई उनीमाथि लागेको आरोपको सार्वजनिकरुपमा प्रष्ट पार्न बुधार निर्देशन दिएका थिए । लामाको नियुक्तीबारे एमाले अनुशासन आयोग, संसदको राज्य व्यवस्था समिति र आफ्ना सल्लाहकारले समेत असुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री खनाल राजिनामा माग गरेको बुझिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %