७ बैशाख
आदिवासी-जनजाति महासंघ हङ्गकङ्गले निर्धारित मितिमै नयाँ संविधान जारी गराउनु पर्ने लगायतका ५ बु्ँदे माग राखेर प्रधानमन्त्री झलनाथ खनाललाई ज्ञापनपत्र बुझाएको छ । जनजाति महासंघ हङ्गकङ्गका अध्यक्ष एमबी थापा दर्लामी मगरको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उत्त ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्री खनाललाई बुझाएको ज्ञापनपत्रको बारेमा जानकारी दिन रिपोटर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने तथा संविधान निर्माण गर्दा अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि आइएलओ १६९ ले प्र्रत्याभूति गरेको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
जनजाति महासंघका हङ्गकङ्गका महासचिव निमा दोर्ची शेर्पाले आगामी जनगणना २०११ मा आदिवासी जनजातिको सही तथ्याँक ल्याउन राज्यले पहल गर्नुपर्ने माग राखे ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा तोकिएको समयमा संविधान निर्माण हुनुपर्ने, अब बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार अनिवार्य रुपमा समेटिनुपर्ने र गैरआवासीय परिचयपत्र अपुरो भएकोले विदेशमा बस्ने नेपालीका लागि दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने माग गरिएको छ । यसैगरी ज्ञापनपत्रमा आदिवासी जनजातिहरुको सघन उपस्थिति रहेको हङ्गकङ्गमा महावाणिज्यदुत जनजाति समुदायकै गर्नुपर्ने र सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्नुपर्ने उल्लेख छ ।
विभिन्न माग सहित आदिवासी महासंघ हगंकगंले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो
Read Time:2 Minute, 12 Second