निर्धारित समयमा संविधान जारी हुन सक्दैन : तीन दल

Read Time:3 Minute, 11 Second

काठमाडौँ, ६ वैशाख

नयाँ संविधान जारी गर्ने समय ३८ दिन बाँकी रहँदा दलका नेताहरूले निर्धारित समयभित्र नयाँ संविधान जारी हुन नसक्ने आशङ्का व्यक्त गरेका छन् ।

जेठ १४ भित्र नयाँ संविधान जारी गर्न राजनीतिक दलहरू बीचमा सहमति र समझदारी नहुने हो भने संविधान जारी गर्न असम्भव रहेको उनीहरूले बताएका छन् ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा विभिन्न दलका नेताहरूले जेठ १४ भित्र संविधान जारी गर्छु भन्नु “मृगमरिचिका” जस्तै हो भने ।

उनीहरूले भने– “शान्तिप्रक्रिया र संविधान निर्माण गर्न दलहरूले एकअर्कालाई दोष दिनुभन्दा सहकार्यबाट अगाडि बढ्नु आवश्यक छ । ”

शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउँदै निर्धारित समयभित्र नयाँ संविधान जारी गर्न के कारणबाट ढिलाइ भइरहेको छ यसबारे दलका शीर्ष नेताहरूले जनतालाई स्पष्ट जवाफ दिन आवश्यकसमेत भएको दलका नेताहरूले बताएका छन् ।

मधेसी जनअधिकार फोरमका नेता जयप्रकाश गुप्ताले माओवादीका लडाकू समायोजन नभएसम्म संविधान जारी हुन नसक्ने बताए  ।

भारतीय विदेश मन्त्री एसएम कृष्णाले भोलिदेखि गर्न लाग्नुभएको नेपाल भ्रमणबाट शान्तिप्रक्रिया र संविधान लेखनमा खासै प्रभाव नपर्ने उनले उल्लेख गरे  ।

एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले शान्ति र संविधानका लागि नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्नेमा जोड दिँदै नेकाबिना संविधान बन्न नसक्ने बताए  ।

नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले शान्तिप्रक्रिया र संविधान बनाउन आफ्नो पार्टी बाधक नभएको र सातबुँदेलाई खारेज नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नबन्ने बताइन  ।

उनले भनिन– “नेपाल र भारतको सम्बन्ध नङ र मासुजस्तै छ । भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणबाट सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग गर्नेछ ।”

नेकपा (एमाले)का नेता भीम रावलले शान्ति र संविधानका क्षेत्रमा अपेक्षा गरेअनुरूप प्रगति हुन नसकिरहेकाले दलहरूबीचमा नयाँ सहमति आवश्यक भएको बताए । उनले भने – “नेपाल र भारतबीचको सम्बन्धलाई भारतीय विदेश मन्त्रीको भ्रमणबाट थप सुदृढ गर्नेछ ।”

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %