संयुक्त तमु युवा एकता समितिमा हुम

Read Time:1 Minute, 42 Second

पोखरा, ३ बैशाख
तमु युवाहरुको पोखरामा शनिवार सम्पन्न भेलाले आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीका अध्यक्ष सञ्चारकर्मी हुमबहादुर तमुको संयोजकत्वमा उन्नाइस सदस्यीय संयुक्त तमु युवा एकता समिति गठन गरेको छ । समितिको सहसंयोजकमा मनोज तमु, सचिवमा कृष्णकुमार तमु, कोषाध्यक्षमा सरस्वती तमु र सदस्यहरुमा माओत्सेतुङ तमु, खेमराज तमु, राजेश तमु, गीरीप्रसाद तमु, पुलप्रसाद तमु, नरबहादुर तमु, युवराज तमु, गोरे तमु, ममिता तमु, तारा तमु, सुनिल तमु, बलबहादुर तमु, हिरासिंह तमु, चिनीमाया तमु र नौजंग तमु चयन भएकाछन् ।
नवगठित समितिले पोखरामा बैशाख ३१ गते तमु एकताको चुनौति, समस्या र समाधान विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । अन्र्तक्रिया कार्यक्रममा तमु ह्युल छोंज धिका महासचिव, तमु धिं नेपालका महासचिव, तमु प्ये ल्हु संघका महासचिव र बौद्ध अर्घौ सदन पोखराका सचिवलाई तमु एकताको चुनौति, समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुतका लागि अनुरोध गर्ने भएको छ ।
तमु एकता, तमु समुदायको हकहित, अधिकारका लागि कार्यक्रमहरु गर्न र संस्था संचालनका लागि भेलामा आर्थिक सहयोग संकलन पनि गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %