राष्ट्रपति र भुटानका प्रधानमन्त्री बीच भेटवार्ता

Read Time:1 Minute, 1 Second

काठमाडौँ, २ वैशाख
राष्ट्रपति डा रामवरण यादवसँग नेपालको अनौपचारिक भ्रमणमा रहनुभएका भूटानका प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले आज अपराह्न भेटवार्ता गरेका छन्  ।

त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका साथै जारी शान्तिप्रक्रियाबारे विचारविमर्श भएको थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का गतिविधिबारे पनि राष्ट्रपति यादव र प्रधानमन्त्री थिन्लेबीच छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री थिन्ले सार्कका वर्तमान अध्यक्ष हुनुहुन्छ । सार्क अध्यक्षका हैसियतले उनी नेपालको तीनदिने औपचारिक भ्रमणमा हिजो नेपाल आएका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %