भक्तपुर, १ वैशाख
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिअनुसार मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन ।
फोरम जिल्ला शााखा, भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सहमतिअनुसारको चार मन्त्रालय पाएमात्र आफ्नो पार्टी सरकारमा सहभागी हुने र नपाए बाहिरै बसेर सरकारलाई सहयोग गर्ने बताए ।
अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिँदै उनले जेठ १४ गतेभित्र संविधान जारी गरिसक्नुपर्नेमा जोड दिए ।
ताजा जनादेशमा जानु उपयुक्त नभएको बताउँदै उनले यसले मुलुकलाई झन् सङ्कटतर्फ लैजाने दाबी गरे ।