काठमाडौँ, १ वैशाख
एकीकृत नेकपा (माओवादी) ले आज पनि सरकारमा पठाउने थप मन्त्रीको नाम सार्वजनिक गर्न सकेन ।
सो पार्टीको केन्द्रीय कार्यालय, कोटेश्वर पेरिसडाँडामा अपरान्ह साढे ३ बजे सुरु भएको स्थायी समिति बैठकले सरकारमा पठाउने थप मन्त्रीहरूको टुङ्गो लगाउने बताइएको थियो ।
छलफल जारी रहेकाले भोलि पुनः बैठक बसी थप निर्णय गर्ने पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने बताइएको छ ।