विश्वशान्तिको लागि कङग्यूर महापूजा

Read Time:1 Minute, 54 Second

नमो बुद्ध आमा समूह हङकङले जोर्डन स्थित याउमा तेइ कम्युनिटि हलमा २३ मार्च २०११ देखि सुरु भएको कङग्यूर महापूजा कार्यक्रम समापन गरेको छ । कङग्यूर महापूजा समापन कार्यक्रमका प्रमुख अतिथि धर्म गुरु रिम्पोछे उर्गेन थिए ।
महापूजाका प्रमुख अतिथि धर्मगुरु रिम्पोछे उर्गेनले फुल चढाएर कङग्यूर महापुजाको उद्घाटन गरेका थिए । महापुजामा हालै जापानमा महासुनामी र भुकम्पबाट मारिएकाहरुप्रति एक मिनट मौनधारन गरिएको थियो । नेपालबाट आएका २१ धर्मगुरु र ४ जना स्थानीय धर्म गुरुहरु सहित २५ जना गुरुहरुले ज्ञानविज्ञानको येथा १०८ पुस्तक संग्रह बाचन गरेका थिए । कार्यक्रममा बाणीमा आधारित लोक भजनज्ञान १०८ पुस्तक संग्रह पनि प्रवचन गरिएको थियो।
विशेष अतिथिहरुमा हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्याय, याउचिम मोङ दिस्त्रिक्त्का दिस्त्रिक्क काउन्सिलोर मिस्तेर बेनी युएङ, एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, आदिवासी जनजाति महासंघ हङकङ तथा मगर संघ हङकङका अध्यक्ष एम बी थापामगर, एकीकृत नेपाली समाज हङकङका अध्यक्ष बुद्धि बहादुर थापा लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %