पुन समाजको नयाँ बर्षलाई स्वागत कार्यक्रम

Read Time:1 Minute, 26 Second

पुन मगर समाज हङकङले मङकी हिल दादामा बीबीक्यू सहित नेपाली नयां बर्ष बि सं २०६८ को शुभकामना आदान प्रदान कार्यक्रमको आयोजन गर्यो ।  कार्यक्रमका प्रमुख अतिथि मगर संघ हङकङका निवर्तमान अध्यक्ष नेत्र पहराईमगर रहेका थिए । त्येसैगरी विशेष अतिथिमा मोना हङकङका अध्यक्ष  तथा पुन मगर समाज हङकङका पूर्व सल्लाहकार दल सेर्वुजा रहेका थिए ।
उक्त कार्यक्रमको सभापतित्व पुन मगर समाजका अध्यक्ष राजु गर्वुजाले गरेका थिए । समाजका उपाध्यक्ष भेष पुनले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रम संचालन समाजका सचिव देवेन्द्र पुनले गरेका थिए ।
अतिथिहरुलाई मगर नाच र गीतको उल्लासपूर्ण साँझमा बाध्य पार्ने कलाकारहरुले भब्य मनोरन्जन गराएकाथिए । उक्त मनोरन्जन कार्यक्रम  कलाकार रुपा चोचाङगी पुन मगरले संचालन गरेकी थिइन् । राती अबेर सम्म विविध गीत संगित तथा साँस्कृतिक कार्यक्रमहरु सहित कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %