आफ्नो बुवा सिपाही मन लाल राना मगर (२११३८६०४) ६ जी.आर. को स्तम्भमा श्रदाजञ्लि स्वरुप फुलका गुच्छा चढाउन आउनु भएका मगर महिला संघ हंगकंगका अध्यक्ष श्रीमति रूपा राना मगर र संघकै बर्तमान कोषाध्यक्ष तथा वहाँको श्रीमान एम बहादुर राना मगर र सिग्नलमेन ज्वाई रुक बहादुर पुन (२११५१४६६) लाइ क्याप्टेन जंग बहादुर राना मगरले श्रदासुमन अर्पण गर्दा वहाँहरुको मुहारलाई गम्भीर आवरणले ढाकेकोथियो । यो अवसर थियो हगंकगंमा मनाइएको पुर्खा दिवसको दिन , जसलाई यहाँ बस्ने गुर्खालीहरुले पवित्र चाडका रुपमा मान्यता दिन थालेकाछन् ।
गोर्खा सिमेट्रिस ट्रस्ट हंगकंग को आयोजनामा प्रत्येक बर्ष अप्रिल ५ का दिन मनाउदै आइएको पुर्खा दिवस यसपटक दोब्बर उत्साह र जनसहभागिताका साथ मनाइयो । प्रथम र दोश्रो बिश्व य़ुद्धमा शहादत प्राप्त गरेका बीर गोर्खालीहरुको स्मरणमा यो कार्यक्रम आयोजन गरिन्छ । ती युद्धमा शहिद भएकाहरुका परिवारहरु स्वंय उपस्तथत भई पुर्खाको स्मरण गर्दा वातावरण साच्चिकै बोझिल बन्ने गर्दछ । हगंकगंमा बसिरहेका ति पूर्वजका सन्तान दर सन्तानको रोहबरमा मनाईने यो दिनलाई गुर्खा परिवारले पवित्र दिनको रुपमा स्मरण गर्छन । गुर्खा परिवारले मात्र होइन यो दिनमा अन्य समूदायले समेत गुर्खाले युद्धकलामा देखाएको बिख्यात आख्यानहरुको स्मरण गर्छन ।
त्यसो त यहि दिन पारेर चिनीयाहरुले पनि यो चाडलाइ चिंग मिंग पर्बको रुपमा यसै दिन मनाउछन् । उनीहरुले यो पर्व ३ दिनसम्म मनाउछन्, आफ्नो पुर्खाको स्मरण गर्दे । उनीहरुसंगं गुर्खा परिवारले पनि संगै मनाउन शुरु गरेको यो पर्वको महत्व र अर्थ झन गहिरो हुदैं गएकोछ । स्थानीय चिनीया हरुले जस्तै नेपालीहरुले पनि यो दिनलाई विशेष पर्वकै रुपमा मनाउन थालेकाछन् । यो दिनलाई पर्वकै रुपमा हगंकगंमा सुरुआत गर्ने ब्यक्ति भोला थापा मगर हुन् । नेपाली महासंघका तत्कालिन अध्यक्ष थापाले स्थानीय सरकारलाई यसबारे कन्भिन्स गरि यसका निम्ति जग्गा र आर्थिक सहयोगको जोहो समेत गरेकाथिए । तर पछि महासंघमा पदको राजनीति शुरु भएपछि यस्तो पवित्र कार्य अवरुद्ध भएकोथियो । त्यसपछि गोर्खा सिमेट्रिसले उनको पदचाप पछ््याई हरेक बर्ष यो पर्व मनाउने गरेकोछ । उसले सन २००५ बाट यसलाई निरन्तरता दिन थालेको हो ।
यसका अध्यक्ष एकराज राईको भनाईमा यसलाई भविष्यमा बन्द हुन दिइनेछैन । निरन्तर आयोजन गरिनेछ । यसै अवसरमा हगंकगंका नंबरीहरु एक ठाएमा भेट हुने थलोको रुपमा बिकसित भैरहेकोले यसको आफ्नै महत्व स्थापित हुदैं गैरहेकोछ ।
पुर्खा दिवसकै अवसर पारि ‘समाधिस्त पुर्खा भाग १’ पनि बिमोचन गरिएको थियो । हरेक बर्ष दुई विश्वयुद्धमा मारिएका गुर्खाहरु बारे सोधखोज गरि उनीहरुको नामावली प्रकाशन गर्दे आएको सिमेट्रिसले यसपटक उक्त गम्भीर खोजलाई पुस्ताकारको रुप दिएकोछ । यसअघि पनि त्यसरी प्रकाशित नगरेको होइन तर यसअघि हरेक बर्ष उसले यी नामावली आफ्नो मुखपत्रमा समाहित गथ्र्याे भने यसपटक बृहत रुप दिएर महत्वपूर्ण कार्य गरेकोछ ।
पुस्तकमा दिइएको तथ्याँक अनुसार प्रथम र दोस्रो बिश्वयुद्धमा १ लाख १० हजार गोर्खाली सिपाहीहरुले बहादुरीका साथ लडेका थिए भने ४० हजार भन्दा बेसी मरेका र ६० हजारको हाराहारिमा हताहत भएको उल्लेख छ । २९५ पृष्ठ भएको यो पुस्तकमा ७८३० जना मृतक नेपाली गुर्खाहरुको पुरा विवरण छ । ती विवरणले यी दुई विश्वयुद्धमा मारिने हजारौको संख्यालाई मात्र उजागर गरेकोछैन त्यतिबेला मारिनेमा शतप्रतिशत जनजाति समूदायका देखिन्छन् । यसले पनि त्यतिबेलाको वास्तविक अनुहार र इतिहास बुझ्न चाहनेहरुलाई सिधा सहयोग पुर्याउने देखिन्छ । आगामी दिनमा थप खोज अनुसन्धान गरि बाँकी जवानको विवरणलाई अद्यावधिक गरिने बताइएकोछ । त्यसैले पनि यो पुस्तक एउटा कागजको सग्रह र मृतकहरुको तथ्याँक मात्र नभई एउटा लामो कालखण्डको आइना देखाउने इतिहास हो । समाज अध्येताहरुका लागि मार्गदर्शक हो । समाज बिज्ञान हो । त्यसैले यसको मूल्य अमूल्य छ ।
दिवसका दिन करिब ६०० जना जतिको उपस्थितिमा समाधि स्थल गेट बाहिर बिर बिरंगनाको आत्माको चिरशान्तिको लागि १ मिनेट मौन धारण गरिएपछि ‘समाधिस्त पुर्खा भाग १’लाइ ट्रस्टका अध्यक्ष एकराज राई र प्रमुख अथिति बृटिस गोर्खा भुतपूर्व सैनिक संगठनका अध्यक्ष हेम प्रताप गुरुङ र भारतीय भूपु सैनिक संगठनका अध्यक्ष जंग बहादुर गुरुङले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो ।
दोस्रो चरणमा सबै जना समाधिस्थल प्रबेस गरि बिभिन्न स्कुलका साना बालबालिका द्वारा गाइएको ‘यी त्यहिँ तिम्रा पौरखी हात हरु…..नटिठ्याऊ झुकिएका छैनन् उच्च शिरहरु’ नामक श्रदाञ्जलि गीत सुनाइएकोथियो । गीत पश्चात ट्रस्टका अध्क्षले स्वागत मन्तब्यको क्रममा विश्वका १४१ मुलुकमा गोर्खा समाधिस्थल पाइएतापनि करिब ४० रास्ट्रमा गोर्खा समाधि अलपत्र पर्ने स्तिथिमा रहेको जनाएकाथिए । तर यसको सरक्षण र सम्बर्दन गर्ने बाचा गरिएकोथियो । गोर्खा समाधिहरुको पत्ता लगाउदै संख्या निकालेर यस कार्य लाइ अघि बढाउने,पाठ्यपुस्तकमा उच्चशिक्षासम्म पठन पाठन गराउने र काठमान्डौको टुडिखेलमा बिश्व भरि रहेको समाधिस्थलको माटो ल्याई ‘गुर्खास्तम्भ’ निर्माण कार्यको पहल सुरु भैसकेको जनाइएको थियो । त्यसै क्रममा स्याङ्जा जिल्लामा नेपालको बिभिन्न ठाउहरुमा हताहत भएको सपुतहरुको नाममा स्तम्भ निर्माण कार्य सुरु भएको, बिश्व पुर्खा दिवस विश्वभर छरिएर रहेका नेपालीहरुले संयुक्त रुपमा मनाउने प्रचलन शुरु हुन थालेकोले यस सम्बन्धमा उल्लेख्य कार्यको रुपमा लिइएको बताइएकोथियो । अझ राम्रो गर्न बेलायत सरकार ,कमनवेल्थ ,वर्ल्ड गेर्व्स कमिसन र गोर्खा सिमेट्रीज ट्रस्टको सामुहिक कार्य सम्पादनलाई सशक्त बनाउने पनि बताइयो । हेम प्रताप गुरुङ ,जंग बहादुर गुरुङ र इस्लामिक मेमोरिएल कलेजका ताहिर नदीमले पनि सभालाइ सम्बोधन गरेका थिए ।
हुम बहादुर थापा मगर