तोकिएको समयमा संविधान जारी गर्नुपर्दछ :राष्ट्रपति रामवरण यादव

Read Time:1 Minute, 33 Second

तनहूँ, २८ चैत
राष्ट्रपति डा रामवरण यादवले तोकिएको समयमा नेपाली जनतालाई संविधान दिन आवश्यक रहेको बताएकाछन ।
भानु जन्मस्थल विकास समिति तनहूँद्वारा आयोजित पाँच दिने भानु महोत्सवको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति डा यादवले आम नेपाली जनताको चाहना भनेको शान्ति र संविधान भएकाले यसलाई अन्तिम टुङ्गोमा पु¥याउन दलहरुबीच सहकार्य र सहमति हुन आवश्यक छ भने । यदि थप समयमा पनि जनतालाई संविधान दिन नसके मुलुकमा गम्भीर सङ्कट आउन सक्नेप्रति उहाँले सङ्केत गरे  । नेपाली भाषा र साहित्य क्षेत्रका महापुरुष मानिने आदिकवि भानुभक्तको  विदेशमा समेत शालिक निर्माण र कृतिले सम्मान पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो– नेपाली भाषा र साहित्यको विकाससँगै चुँदीरम्घालार्ई साहित्यिक एवम् पर्यटकीय तीर्थस्थलको रुपमा परिचित गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए  । भानुभक्तका प्रेरणाका स्रोत बनेका घाँसीको पनि उत्तिकै उचित र मूल्याङ्कन गरिनुपर्नेमा उनको भनाइ थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %