शान्ति र संविधानका लागि कांग्रेसले वटमलाइन तय गदै

Read Time:1 Minute, 24 Second

काठमाडौ, चैत्र २७
शान्ति प्रक्रिया र संविधान निर्माणलाई औपचारिक बटमलाइनु तयार पार्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । बटमलाइनकै आधारमा कांग्रेसले अन्य दलसँग सहकार्य गरी शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिन भूमिका निर्वाह गर्ने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

प्रस्तावित बटमलाइन तयार पार्न कांग्रेसले यसअघि शेरबहादुर देउवाको संयोजकत्वमा शान्ति प्रक्रिया र रामचन्द्र पौडेलको संयोजकत्वमा संविधान निर्माणसम्बन्धी समिति बनाएको थियो । दुवै समितिले आइतबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा मस्यौदा पेस गरेपछि त्यसमा छलफल गरी पार्टीको अन्तिम बटमलाइन बनाउन खोजिएको हो । शान्ति प्रक्रियाको मुद्दामा विवाद नभए पनि शासकीय स्वरूप र राज्यको पुनर्संरचनामा कांग्रेस आफै प्रस्ट हुन सकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %