वेपत्ता लोकसेवा आयोगका क्षेत्रीय निर्र्देशक चौलागाईको खोजीका लागि राष्ट्र संङघीय आयोगद्धारा चासो ब्यक्त

Read Time:1 Minute, 51 Second

कञ्चनपुर २७ चैत

पाँच महिनादेखि बेपत्ता भएका लोकसेवा आयोग सुदूरपश्चिम कार्यालयका क्षेत्रीय निर्देशक नवराज चौलागाईंको अवस्थाका बारेमा संयुक्त राष्ट्रसङ्घीय आयोग (ओचएसीएचआर) ले चासो व्यक्त गरेको छ ।

स्विट्जरल्यान्डको जेनेभास्थित ओएचसीएचआर केन्द्रीय सचिवालयले चौलागाईंको खोजीका लागि चासो राखेको हो ।

कात्तिक अन्तिम सातादेखि डोटीबाट बेपत्ता चौलागाईंको खोजीका लागि पहल गरिदिन मानव अधिकार शिक्षा क्लब (रिलेक) कञ्चनपुरले ओएचसीएचआरलाई अपिल पठाएकामा सोको प्रत्युत्तरमा ओएचसीएचआर अन्तर्गतको युएन वर्किङ ग्रुप अन इन्फोस्र्ड अर इन्भोल्युन्टरी डिस्एपियरेन्सेज डब्लुजीईआइडी) ले घटनाको पूर्ण विवरण, बेपत्ताको खोजीका लागि हालसम्म भएका प्रयास लगायतका विवरण माग गरेको छ ।

ओएचसीएचआरबाट प्राप्त अनुरोध अनुसार चौलागाईंका आफन्त र अन्य सरोाकरवालासँग सम्पर्क र  समन्वय गरी आवश्यक विवरण पठाइने रिलेक कञ्चनपुरका अध्यक्ष माधव अधिकारीले बताए  ।

यसअघि रिलेकले चौलागाईंको अवस्था पहिचान गरी बेपत्ता गराउन संलग्न दोषीमाथि कार्वाहीको माग गर्दै प्रधानमन्त्री झलनाथ खनाललाई अपिल गरेको थियो । चौलागाईंको अवस्था हालसम्म अज्ञात छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %