‘यहि सरकारले गर्छ लखन थापालाई पहिलो शहिद घोषणा’- मन्त्री पुन

Read Time:3 Minute, 7 Second

देवदह २६ चैत
शान्ति तथा पुर्ननिर्माण मन्त्री वर्षमान पुनले यहि सरकारले शहिद लखन थापालाई प्रथम शहिद घोषण णा गर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन् ।
अधिकारको लागि जनजातिहरु अब आन्दोलनमा उत्रन नपर्ने बताउँदै उनले यहि सरकारबाट लखन थापालाई नेपालको पहिलो शहिद घोषणा गर्ने प्रतिबद्धता जनाए । जातिय जनसंख्याको आधारमा राज्यका सबै अंगहरुमा जनजातिको प्रतिनिधित्व गराउन नसके जनजाती समुदाय पछाडि पर्ने भएकाले  यसप्रति एमाओवादी सचेत रहेको उनले चर्चा गरे । उनले संघीयता, स्वायत्तता र आत्मनिर्णयको विषयमा कहि कतै सम्झौता गर्न नसकिने बताउँदै भने, ‘तर यी विषयमा  विवाद र आशंका बढिरहेको छ ।’
बोल्ने क्रममा उनले जेठ १४ भित्र संविधान जारी हुने सम्भावना नरहेको बताएकाछन् । उनले दलहरु बीच मुख्य विषयमा सहमति हुन नसक्दा संविधान जारी हुने अवस्था नरहेको बताए । नेपाल मगर संघ शंकरनगर र नेपाल मगर संघ बुटवल नगर समितिद्वारा रुपन्देहीको शंकरनगर – ८ मा रहेको  मगरघाटमा निर्मित शव विश्राम तथा शव दाह स्थलको उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकाहुन् । उनले समयमै संविधान जारी नभए देशमा संकट उत्पन्न हुने भएकोले दलहरुलाई समयको ख्याल गरेर संविधान निर्माणको विषयमा संकल्प गर्न आग्रह गरे । संविधान निर्माणप्रति एमाओवादी प्रतिबद्ध रहेको बताउँदै जेठ १४ पछिको अवस्थालाई बुझेर अघि बढ्नु पर्ने बताए । एमाओवादीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले शान्तिप्रक्रियामा आशंका पैदा भएको बताउँदै शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा काम अघि नबढेकाले शंका उपशंका नगर्न आग्रह गरे । उनले सेना समायोजन र पुर्नस्थापना सहित शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउन सकिने दावि भने गरे । । नेपाल मगर संघ नगर समिति बुटवलका अध्यक्ष जनक थापामगरको अध्यक्षता, ज्ञानबहादुर थापा मगरको संचालनमा कार्यक्रममा सम्पन्न भएको थियो । मगरघाटमा शवदाह र शव विश्राम स्थल निर्माणको लागि नेपाल मगर संघ बुटवल नगरसमिति र मगर संघ शंकरनगरका स्थानीय वासी द्रारा २४ लाख आर्थिक सहयोग संकलन भएको र २२ लाख खर्च भैसकेको सोही अवसरमा जनाइएको थियो ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %