चैत्र २६,हंसपुर ६ रामकोट
हातेमालो अभियान नेपाल तथा आदिवासी जनजाति हंसपुर समितिको संयुक्त आयोजनामा आदिवासी जनजाति समुदायका लागि हंसपुरमा तीन दिने सीपमुलक साबुन बनाउने तालिम सम्पन्न भएको छ । हंसपुर स्थित सबै वडाका आदिवासी जनजाति समुदायका लागि आयोजित सो साबुन बनाउने तालिममा महिला-पुरुष गरि १ सय २७ जना सहभागि थिए । चैत्र २४ गते शुरु भई २६ गते सम्पन्न भएको सो सीपमुलक तालिमको समापन समारोहको प्रमुख अतिथि तथा हंसपुर गाविस सचिव धर्मदत्त बरालले लक्षित आदिवासी जनजाति समुदायका लागि आयोजित यस्ता सीपमुलक कार्यक्रमले पिछडिएका आदिवासी समुदायमा सीप विकासको साथै आर्थिक आत्मनिर्भरता बढ्ने विश्वास व्यक्त गरे । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व जिल्ला कार्य समितिका सदस्य नविनबाबु पौडेलले आदिवासी जनजातिले अबको दिनमा हिजोको दिनमा भन्दा हरेक पक्षमा अग्रसर हुनुपर्ने बताउदै भने, ‘हंसपुर गाविस आदिवासी जनजाति बाहुल्य भएको गाविस भएकोले अन्य कार्यक्रमहरुसँगै सीप विकासको कार्यक्रम अगाडि बढाउन सके हंसपुर गाविस आत्मनिर्भर हुनेछ ।’ सोही कार्यक्रममा बोल्दै हातेमालो अभियान नेपालका अध्यक्ष तारामाया थापाले आदिवासी जनजाति र त्यसमा पनि महिलाको संख्या उल्लेख्य रहेको यस सीप मुलक साबुन बनाउने तालिमले जनजातिको सीप विकासको साथै महिलाको सशक्तिकरण सम्भव हुने बताए ।
आदिवासी जनजाति हंसपुर समितिका अध्यक्ष गंगाबहादुर गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा ंसंस्कृतिकर्मी तथा चलचित्रकर्मी मेजन पुन मगर, राप्रपाका गाउँ समितिका प्रतिनिधि टेकनाथ सुवेदी, इन्द्र गुफा सामुदायिक समितिका अध्यक्ष एकबहादुर गुरुङ, हातेमालो अभियानका संयोजक हर्कबहादुर आले, माओवादीका प्रतिनिधि टेकबहादुर गुरुङ, नेपाली कांगे्रस वन ईकाई समितिका नारायणकुमार श्रेष्ठ, नेपाली कांग्रेस किसान संघका राममणी भट्टराई, नारी सेवा केन्द्रका फुलकुमारी थापा, प्रशिक्षक सुरेश पौडेल लगायतले बोलेकाथिए ।कार्यक्रम संचालन आदिवासी जनजाति समिति हंसपुर समितिका सचिव यमबहादुर भुजेलले गरेकाथिए ।
आदिवासीलाई हंसपुरमा साबुन तालिम
Read Time:3 Minute, 19 Second