संविधान नबनाउने षड्यन्त्र भइरहेको छ : दिनानाथ शर्मा

Read Time:1 Minute, 0 Second

चितवन (रत्ननगर), २४ चैत एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दिनानाथ शर्माले समयमै नयाँ संविधान नबनाउने षड्यन्त्र भइरहेको बताएकाछन । उनले यो वा त्यो बहानामा अन्य राजनीतिक दलहरु सरकार असफल बनाएर संविधानसभालाई लम्ब्याउन लागिपरेको आरोप लगाए । उनले आज दिउँसो चितवनमा सञ्चारकर्मीसँग कुराकानी गदै माओवादीलाई संवैधानिक समितिअन्तर्गतको उपसमितिको नेतृत्व दिएर अन्य दलहरुले दोष थोपर्ने प्रपञ्च रचेकोसमेत आरोप लगाए । अहिले संविधान निर्माणका क्रममा माओवादी अग्रसर भए पनि अन्य दलहरु षड्यन्त्रमा लागिरहेको भन्दै उनले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न एकजुट हुन सबैलाई आग्रह गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %