पेट्रोल पम्प सञ्चालको हत्याको विरोधमा राजमार्ग अवरुद्ध

Read Time:1 Minute, 27 Second

चितवन , २३ चैत
स्थानीय जगदम्बा पेट्रोल पम्पका म्यानेजर भरत घिमिरेको आज बिहान भएको हत्याको विरोधमा स्थानीयवासीले अहिले चितवनको रत्ननगरमा राजमार्ग अवरुद्ध पारेका छन् ।

म्यानेजर घिमिरेलाई आज बिहान लुटेराको एक समूहले गोली हानी हत्या गरेको थियो ।  हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीयवासीले नारायणगढ–हेटौँडा सडकखण्डको रत्ननगर भानुचोकमा यातायात बन्द गरेका हुन् । भरत घिमिरे रत्ननगर निवासी भएकाले उनका आफन्त तथा पीडित परिवारले यहाँ सडक बन्द गराएका हुन् ।  बिहान ५ बजे रामनगरमा गरिएको बन्द खुलेलगत्तै रत्ननगरमा बाटो बन्द हुँदा सर्वसाधारण यात्रु बिहानैदेखि बीच बाटोमै अलपत्रमा परेका छन् । बिहान ८ः३० बजेदेखि भएको बन्दबाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

छाती र गालामा गोली लागेकाले उनको घटनास्थलमै ज्यान गएको थियो । लुटेराहरुले नगद लुटेर लैजानेक्रममा प्रतिकार गर्न खोज्दा उनलाई गोली हानेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %