२ अप्रिल २०११
जोर्डन स्थित चौतारी रेष्टुरेन्टमा स्याङ्जा जनसेवा समिती हङ्कङले १ मे २०११ मा चुनमुन बटरफलाई बीचमा आयोजना गर्न गैरहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताबारे जानकारी दिन एक कार्यक्रमको आयोजन गर्यो । उक्त जानकारी कर्यक्रममा उपस्थित ब्यापारी, स्याङ्जा जिल्लाका संस्थाहरु तथा खेलप्रेमीहरुले केही आर्थिक सहयोग प्रदान गरेका थिए। स्याङ्जा जनसेवा समिती हङकङका अध्यक्ष कोमल गुरुङ कान्छाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई सचिव भोजेन्द्र गुरुङले सन्चालन गरेका थिए।
स्याङ्जा जनसेवा समिती हङकङका सल्लाहकार जनजाति महासँघ हङकङका अध्यक्ष तथा मगर संघ हङकङका अध्यक्ष एम बि थापा मगर र भारतिय भुपु सैनिक संघ हङकङका अध्यक्ष जंग बहादुर गुरुङ अतिथि थिए । समितिका उपाध्यक्ष भानबिर गुरुङले स्वागत मन्तब्य राखेका थिए। अतिथिहरुले खेललाई सक्दो सहयोग गर्ने बचन दिएका थिए ।
एमवि दर्लामी