लुम्बिनी मन्च १० बर्ष पुगेकोमा भब्य कार्यक्रम

Read Time:2 Minute, 18 Second

लुम्बिनी मंच हंगकंगले १० बर्ष पुरा गरेको अवसरमा  मंकीहिलमा विविध कार्यक्रम को आयोजन गर्यो । २००१ सालमा भैरहवा निवासी स्व.मधु थापा मगरको निधन पश्चात जन्मिएको यो सस्थाले आफ्नो संस्थाको सदस्यका कोहि आफन्तको मृत्यु हुदा दुखित परिवारलाइ एकमुष्ठ रकम हंगकंग डलर १३००० अन्तिम सस्कारको लागि दिदै आइरहेको छ । हाल सम्म मधु थापा सहित  एस सस्था का ३ जना सदस्यका परिवारहरु लावान्वित भैसकेका छन् । ति मध्ये हर्ख बहादुर गुरुङ रुपन्देही ,शंखरनगर र चन्द्र कुमार गुरुङ( नाँच घर ) पोखरा छन् ।


कार्यक्रम ठाकुर श्रेस्ठको अध्यक्षतामा भएकोथियो । दुर्गा बहादुर क्षेत्रीले स्वागत मंतब्य गरेर शुरु गरेको कार्यक्रममा सचिव मिन बहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।  सो समारोहमा प्रमुख अथिति  संस्थाका सस्थापक अध्यक्ष हेम राज थापा मगर थिए । विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधि र ब्यापारीहरुको उपस्थिति थियो ।

सहभागी ब्यक्तित्वमा एक बहादुर राना मगर ,रित गुरुङ,बुद्धि बहादुर थापा ,एमबि थापा मगर, डेनी थापा मगर,धर्म गुरुङ ,श्री मती इन्द्रा गुरुङ ,नेत्र पहराई मगर ,राजु श्रेष्ठ , एम एल श्रेष्ठ थिए ।

पहिलो चरणको कार्यक्रम पश्चात योगेश गुरुङ को समुहले बिंगो खेलाएका थिए ।
अन्तमा आधुनिक नृत्य प्रतियोगिता राखिएकोमा ४ जना बालिकाहरुले भाग लिएका थिए, जसमा रबिना थापा ,प्रतिमा थापा, ऋतु गुरुङ  र पूर्ण केसीले दर्सक को मन जित्ने मनोरन्जनात्मक नृत्य प्रस्तुत गरे ।

हुम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %