धरान
राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रिय सह अध्यक्ष श्रवण कुमार लिम्बुले तोकेकै समयमा संबिधान कुनै हालतमा नबन्ने ठोकुवा गरे । उनले सुनसरीको धरानमा वुधबार आयोजित चौथो महाधिवेशनवाट निर्वाचित केन्द्रिय नेताहरुलाई सम्मान कार्यक्रममा उक्त कुरा वताएकाहुन् । संविधान वनाए २५० वर्षदेखी हालिमुहालि गर्दै आएको सत्ताच्युत हुने डरले संविधान बनाउन ठुला दलहरुले नचाहेको हो। उनले भने,’अव हामी टोकेकै समयमा संविधान निर्माणको लागि संविधान सभामा रहेका राजनितिक दलहरुलाई घच्घचाउनको निम्ति जागरम बस्नु पर्ने भएकोछ ।’
सम्मान कार्यक्रममा सुनसरी जिल्ला भरका जिल्ला, क्षेत्र र भातृ संघठनका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो। चौथो महाधिवेशनवाट निर्वाचित सह अध्यक्ष श्रवण कुमार लिम्बु, उपाध्यक्षदय केपी पालुङवा, तिर्थ राई र केन्द्रिय सदस्य त्रय माला देवान, कमल तिगेला र सभासद छियामा राईलाई फुलमाला अविर र खादा अोढाई सम्मान गरिएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा सम्पन्न सो कार्यक्रममा जिल्ला उपाध्याक्ष रमेश गजमेरले स्वागत मन्तव्य तथा पार्टी अध्यक्ष चन्द्र थुलुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सुधिर लिम्बु