तीन दलका शीर्ष नेताहरु वीच संवैधानिक समितिमा देखिएका विवादवारे छलफल

Read Time:1 Minute, 48 Second

काठमाडौँ, २२ चैत ।
सभामुखसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको आज बिहान अनौपचारिक बैठकमा पछिल्लो समय संवैधानिक समितिमा देखिएको विवाद, विवाद उपसमितिको संरचना हेरफेर सम्बन्धमा छलफल भएको छ ।

बैठकमा संविधान लेखनका क्रममा दलहरुबीच देखिएका विवाद सहमतिमा परिणत गर्ने बारेमा समेत छलफल भएको थियो ।

व्यवस्थापिका–संसद राज्य व्यवस्था समितिको सचिवालयमा भएको सो बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक समितिमा देखिएको गतिरोध अन्त्य गर्नेलगायत समसामयिक विषयमा शीर्ष नेताहरुबीच छलफल भएको जानकारी दिए  ।

बैठकमा विवाद समाधान उपसमितिको संरचना परिवर्तन गर्ने सम्बन्धमा आफ्नो पार्टीले प्रस्तुत गरेको खाका र संविधान लेखनको अन्र्तवस्तुबारे छलफल भएको उनले जानकारी दिए ।

शीर्ष नेताहरुको भोलि बिहान बस्ने बैठकले ती विषयमा निष्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे ।  

बैठकमा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाल, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललगायत सहभागी थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %