धनगढी, २० चैत
नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन र संविधान निर्माण गर्न एकीकृत नेकपा (माओवादी) लाई दबाबमै राख्नु पर्ने वताएकाछन् ।
पे्रस चौतारी नेपालद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले माओवादीलाई शान्तिमा ल्याउन दबाब नपुगेकाले उसलाई दबाब दिई राख्नुपर्ने बताए ।
उनले माओवादीको चाकरी नभई दबाबमा राखेर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले देशका विभिन्न ठाउँमा पछिल्लो केही समयतादेखि भएका बम बिस्फोटलगायतका आपराधिक क्रियाकलापले सरकारलाई चुनौति थपेको उल्लेख गर्दै अब छिट्टै प्रधानमन्त्रीले गृहमन्त्रालयको जिम्मेवारी अरुलाई दिएर अघि बढ्नुपर्ने बताए ।
नेता नेपालले शान्तिप्रक्रिया र संविधान निर्माणको काम पूरा गर्न राष्ट्रिय सहमतिको सरकार अझै आवश्यक छ भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपसमितिबाट बाहिरिनु संविधान–निर्माणप्रति एकीकृत नेकपा (माओवादी) गम्भीर नभएको स्पस्ट हुन्छ, उनले भने ।