आदिवासी जनजाति महासंघ टोकाई जापानको अध्यक्षमा जिग्मे शेर्पा ।

Read Time:2 Minute, 37 Second

नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापानले आज आईचिकेनको टोयाटा सीटीमा तेस्रो अधिवेसन सम्पन्न गरेको छ ।

संघका अध्यक्ष सुर्य तामाङ्गको अध्यक्षतामा भएको उक्त अधिवेसनमा मगर सेवा समिति टोकाई जापानका अध्यक्ष राजु राना मगर, थकाली सेवा समिति टोकाई जापानका अध्यक्ष चन्द्र शेरचन, शेर्पा संघ जापानका अध्यक्ष पासाङ्ग शेर्पा, नेपाल तामाङ्ग मैत्री समाज जापानका उपाध्यक्ष अमित लामा लगायत टोकाई क्षेत्रमा क्रियाशिल विभिन्न एकलजातिय संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने प्रमुख अतिथिमा आदिवासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष  के।बि। मगर थिए ।

समितिका कोषाध्यक्ष ज्ञान पुन मगरको स्वागतपछि शुभकामना दिने क्रममा  प्रमुख अतिथिले विभिन्न राजनैतिक दलबाट आएका आदिवासी जनजातिका सभासदहरुले आफु खुशि काम गर्न नसकेको मुख्य मुख्य कारणहरु बारे प्रष्ट पारेकाथिए ।

शुभकामना मन्तव्य पश्चात खुला सत्रको समापन अध्यक्ष सुर्य तामाङ्गले गरेकाथिए । कार्यक्रम संचालन महासचिव विरेन्द्र शेरचनले गरेकाथिए ।

अधिवेसनको बन्दसत्रमा विभिन्न एकलजातिय संघ संस्थाका प्रतिनिधिहरु रहेको थियो । आय व्यय विवरण कोषाध्यक्ष ज्ञान पुन मगर र वार्षिक प्रगति प्रतिवेदन महासचिव विरेन्द्र शेरचनले प्रस्तुत गरेकाथिए ।

कार्यसमितिको विघटन पश्चात नया कार्यसमितिको अध्यक्षमा श्री जिग्मे शेर्पा, उपाध्यक्ष हरुमा पासाङ्ग शेर्पा र उज्जवलधोज तुलाचन, महासचिवमा श्याम राना मगर, सचिवमा रमेश प्रधान, कोषाध्यक्षमा गोपाल शेरचन र सहकोषाध्यक्षमा अनिल तामाङ्ग चयन गरिएकोछ । कार्यसमितिका सदस्यहरु चयन गर्ने काम भईरहेको छ ।

एसवी राना मगर आईचि जापान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %