हङकङ,२७ मार्च
जोर्दन स्थित ईन्डिया क्लवमा थकाली समाज हङकङले आफ्नो दशौ वार्षिक उत्सव तथा महान पर्व तोरन्ल विविध कार्यक्रमसाथ भव्यरुपमा मनाएको छ।समाजका अध्यक्ष हर्क नारायण तुलाचनको अध्यक्षतामा, प्रमुख आतिथ्य हङकङ स्थित नेपाली महावाणिज्यदूत विनोद कुमार उपाध्याय रहेको थियो । कार्यकरम सन्चालन सचिव रोबिन गौचनले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष अर्जुन गौचनले गरेका थिए। त्यसैगरी विशेष अतिथिहरुमा नेपाली महासंघ हङ्कङका अध्यक्ष प्रदिप थापा मगर, जनजाति महासंघ हङकङका अध्यक्ष एम बि थापा मगर तथा अतिथिहरुमा मोना हङकङका अध्यक्ष दल सेर्बुजा मगर र समाजका सल्लाहकार लाल बहादुर शेरचन थिए । उक्त अवसरमा प्रमुख अतिथि महावाणिज्यदूत विनोद कुमार उपाध्यले उनीहरुको महान पर्व तोरन्ल (फागु पूर्णिमा)तह्ता दसौन वार्सिक उत्सवको व्यानर तथा बत्ति बालेर उदघाट्न गरेका थिए भने साथै प्रमुख तथा विशेष अतिथिहरुले समाज दशौ वर्षमा प्रवेश गरेको तथा महान पर्व तोरन्ल ९फागु पूर्णिमा०को उपलक्षयमा शुभकामना मन्तव्य दिएका थिए।
उक्त अवसरमा चीनबाट एमबिबिएस गरेका डा सुवास तुलाचन तथा हङकङ यूनिभर्सिटीबाट ब्याचलर डिग्रि इन सिभिल विषयमा ईन्जिनियर डिग्रि प्राप्त गरेका गोविन्द शेरचन, जेष्ठ नागरिकहरु तेज प्रसाद गौचन, चित्र कुमारी गौचन, थम बहादुर तुलाचन, त्येसैगरी समाजलाई निरन्तर विशेष योगदान दिने महानुभावहरुलाई प्रशंसा पत्र तथा खाँदा ओदाएर सम्मान गरिएको थियो।
अध्यक्ष हर्क नारायण तुलाचन, जेष्ठ नागरिक चित्र कुमारी शेरचन र सल्लाहकार लाल बहादुर शेरचनले बत्तिबालेर तोरन्ल पर्व (फागु पूर्णिमा) पर्व शुरु गरेका थिए । औपचारिक कर्यक्रममा थकालीहरुको पितृहरुको लागि एक मिनट मौनधारण पनि गरिएको थियो । औपचारिक कार्यक्रम पश्चात दोस्रो नेपाली डाँन्स आइडलका तेस्रा सुकु लिम्बु, तिना थापा मगर र धिराज लिम्बुले नृत्य प्रस्तुत गरेका थिए ।