हङ्कङ २७ मार्च
एन आर एन हङकङको आयोजनामा चिम्साच्यूई स्थित मरीनर क्लवमा एउटा जानकारी सभा सम्पन्न भएको छ । सभामा गत ११ मार्च २०११ का दिन जापानमा आएको भूकम्प र महासुनामीले ल्याएको धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दे सहयोग गर्ने जनाइएकोथियो । पीडित परिवारहरुका लागि एन आर एन हङकङले राहत सङकलन गरि सङकलित रकम जापान पठाउने एनआरएनका अध्यक्ष त्रिलोक गुरुङले बताएकाछन् । प्रमुख अतिथि महाबाणिज्यदूत विनोद कुमार उपाध्याय थिए ।
सभामा च्याम्बर अफ कमर्सका अध्यक्ष जे एन ज्ञवाली, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, मगर संघ हङकङ तथा आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एम बी थापामगर, तमु त्योहूलका अध्यक्ष अर्जुन गुरुङ, एन आर एन एसिया प्यासिफिक इन्चार्ज कृष्ण पाण्डे, ब्रिटिश भू पू गोर्खा सैनीक संघ हङकङका अध्यक्ष हेम प्रताप गुरुङ, भू पू भारतीय सैनीक संघ हङकङका अध्यक्ष जंग बहादुर गुरुङ, नमो बुद्ध आमा समुह्का अध्यक्ष पदम कुमारी गुरुङ्, पर्वत मंचका अध्यक्ष बिसन गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
तर गत हप्ता नेपाल सरकारले ७० हजार थान कम्बल र उद्धारका लागि १६ जना नेपाली सैनिक पठाउने निर्णय सुनाउदा त्यसलाई अस्विकार गरेको जापान सरकारले एनआरएनको यो सहयोगलाइए स्विकार गर्छ कि गर्देन भन्ने प्रश्न भने अनुत्तरित नै छ ।
एनआरएन हगंकगंले जापानलाई सहयोग गर्ने
Read Time:2 Minute, 4 Second