इच्छाशक्ति भए दुई महिनाभित्र संविधानका कार्य टुङ्गोमा : प्रधानमन्त्री खनाल

Read Time:1 Minute, 39 Second

चितवन, १८ चैत
प्रधानमन्त्री झलनाथ खनालले मुख्य राजनीतिक दलहरुबीच इच्छाशक्ति भए दुई महिनाभित्र शान्ति र संविधानका कार्य टुङ्गोमा पु¥याउन सकिने बताएका छन ।

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित बहिरङ्ग सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री खनालले भने— “मुख्य दलहरुले देश र जनतालाई सर्वोपरी ठानेर काम गरे केही समस्या छैन ।”

उनले संविधान लेखनका धेरै विषयवस्तुमा दलहरुबीच सहमति भइसकेकाले दुई महिनाभित्र संविधान जारी गर्न सकिने बताए ।

शान्तिप्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पु¥याउन दलहरु एकजुट हुने हो भने समस्या नभएको भन्दैं प्रधानमन्त्री खनालले भने— “धेरै काम सकिएका छन् खाली हामीमा इच्छाशक्तिको मात्र अभाव हो ।”

आफ्नो नेतृत्वमा रहेको सरकारको अर्जुन दृष्टि शान्ति र संविधानमा मात्र रहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए  ।

उनीले नेपालीहरु सबै किसिमको चुनौतीको सामना गर्न सक्षम रहेको भन्दै चुनौतीहरुका विरुद्ध लड्न सबैसँग आग्रह गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %