तीन दलबीच सहमति नभएसम्म १४जेठमा संविधान असम्भव : एमएस थापा

बुटवल, १७ चैत
राष्ट्रिय जनमुक्ति पार्टी सङ्घीय परिषद्का अध्यक्ष एमएस थापाले ठूला तीन दलबीच सहमति नभएसम्म संविधान बन्न नसक्ने बताएकाछन ।

पार्टीले बुधबार  गरेको पत्रकार सम्मेलनमा नेता थापाले तीन दलबीचको यस्तो असहमतिका बीच आगामी जेठ १४ भित्र संविधान बन्ने अवस्था नरहेको बताए ।

आफ्नो पार्टी जातीयरूपमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने मान्यतामा रहेको स्पष्ट पार्दै उनले सङ्घीयतामा जाँदा जनसङ्ख्याका आधारमा कोटासहित जातीय समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने माग गरे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %