काठमाडौँ, १७ चैत
व्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिको आजको बैठक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारी अनुपस्थित भएपछि भोलिसम्मका लागि स्थगित भएको छ ।
अर्थसचिव रामेश्वर खनालले आफ्नो पदबाट राजीनामा दिएको हो, होइन भन्नेबारेमा उपप्रधानमन्त्री अधिकारीसँग जानकारी लिने आजको बैठकको कार्यसूची रहेको थियो ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री अधिकारी बैठकमा अनुपस्थित भएपछि बैठकमा सहभागी सांसदहरुले अर्थमन्त्री नआएसम्म बैठक स्थगित गर्न माग गरेका थिए ।
समितिका सभापति रामकृष्ण यादवले अर्को बैठक भोलि ११ बजे बस्ने जानकारी दिए ।